Hamroprayas
समुदायमा कांग्रेस अभियानका १४ बुँदे माग लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई

दाङ,माघ २३ 
नेपाली काग्रेसको समुदायमा काग्रेस अभियानबाट आएका सुझाबलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।  समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उहाँको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङमा बुझाएको हो ।

ज्ञापन पत्रमा बाटोघोटो, सिचाई,खानेपानी,रोजगारी,गुणस्तरीय शिक्षा तथा सुशासनको ब्यबस्था,रुकुम पूर्वमा द्धन्दकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको,बैंकबाट लुटिएका सुन बाफत क्षतिपुर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गरियोस,पुर्बि रुकुममा भरपर्दो ईन्टरनेटको ब्यबस्था गरियोस,रोजगारीको अभावमा ठुलो संख्यामा युवाहरु बिदेशी रहेका छन् त्यसले उद्यमशीलता बिकास गर्न रोजगारमुलक तालिम तथा र्निब्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामाग्री बजार ब्यबस्थापन गरियोस भन्ने माग गरिएको छ । 

त्यस्तै,अर्घाखाचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैया बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपुर्तिको ब्यबस्था गर्ने,प्युठान अर्घाखाची लगायत जिल्लामा शुरु गरिएको एक घर एक धारा अभियान अन्तर्गत सरकारी,स्थानीय समुदायले पुरा गरेको कामको अझै भूक्तानी हुन नसकेकाले तत्काल भूक्तानी गरियोस्,किसानका लागि समयमै मलखाद,बिउबिजनको ब्यबस्था  माग गरिएको छ ।  

मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउदै नेपाली काग्रेस केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशमको समुदायमा काग्रेस अभियानका संयोजक डाक्टर डिला संग्रौलाले बुझाएको ज्ञापनपत्रमा महिला हिंसा,बालबिबाह तथा दाँजोप्रथालाई नियन्त्रण गरियोस्,जंगली जनावरहरु निलगाई,बँदेल नियन्त्रण गरियोस,जिंर्ण सडकहरुको मर्मत सम्भार गरियोस्,लुम्बिनी प्रदेशमा संचालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिईयोस्,प्रदेश सरकारले साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट ब्यापार ब्यबसाय गर्ने वातावरण निर्माण गरियोस्,गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन पुल पटक पटक भत्कीएर खोलाले बगाएकाले त्यस पुलको पुर्न निर्माणका लागि सुनिश्चीत गरियोस्,प्रदेश निजामति नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन अनुरोध गरिएको छ ।

क्रममागत बजेटमा बजेट सुनिश्चता गरियोस लगायत १४ वटा बुँदा सहितको ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई बुझाउन समुदायमा काग्रेस अभियान अन्र्तगत लुम्बिनी प्रदेशको पाल्पा,गुल्मी,अर्घाखाची,रुकुम पुर्व,कपिलबस्तु,नवलपरासी,प्युठान र दाङ जिल्लाको जिम्मेवारी पाउनुभएका काग्रेस केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाको नेतृत्वमा नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,महामन्त्री बिक्रम खनाल,सहमहामन्त्री बिष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहनुभएको थियो । 

 ज्ञापन पत्र बुझदै पार्टी सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आबश्यकताको प्राथमिकतालाई समेटर बुझेको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघिय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारीस गर्ने चौधरीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update