Hamroprayas
माओवादीका महरा लुम्बिनी प्रदेशको पाचौं मुख्यमन्त्रीमा नियुक्त

बुटवल, २३ चैत   
लुम्बिनी प्रदेशको पाचौं मुख्यमन्त्रीका रुपमा माओवादीका जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । 

एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गर्नुभएको थियो । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको थियो ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो । शपथ आइतबार गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाउनु भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update