Hamroprayas
महिलाहरुलाई राजनीतिमा अगाडी आउन सांगठनिक एकता आवश्यक

बुटवल, बैशाख २३
समृद्ध नेपाल सुखि नेपाली हाम्रो अभियान , समान सहभागिताको लागि सुदृढ संगठन भन्ने नाराका साथ अखिल नेपाल महिला संघ अनेमसंघले सुदृढीकरण तथा शुद्धिकरण अभियान सुरु गरेको छ । 

अनेमसंघले यो अभियान बुटवलका १९ सै वडामा सञ्चालन गरिरहेको छ । बुटवल उपमहानगर शाखा कमिटी वडा नम्बर १० को आयोजनामा शनिबार  विस्तारित बैठक एवं संगठन सुदृढीकरण तथा शुद्धिकरण अभियान अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगर वडा नम्बर ८ का जनप्रतिनिधि सीता खनालले महिलाको राजनीति प्रबेशको खुट्किलो नै तल्लो तहका संगठन भएकाले यसलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।महिलाहरुलाई राजनीतिमा अगाडी आउन संगठन एकता आवश्यक रहेको बताउदै सबैले पार्टीको मर्मलाई बुझ्दै आफुपनि प्रतिबद्ध हुने र अरुलाई पनि बुझाउदै संख्यात्मक र गुणात्मक हिसाबले काम गर्ने बेला आएको बताउनुभयो।

अनेमसंघ बुटवल नगर अध्यक्ष बसन्ती भुसालले नगरभित्ररहेका वडामा अभियान सञ्चालन भैरहेको बताउदै अभियानमा जोडिन सबै महिलादिदिबहिनीलाई आग्रह गर्नुभयो ।  बुटवल उपमहानगर शाखा कमिटी वडा नम्बर १० को कार्य्रकम अनेमसंघ वडा अध्यक्ष चमेली श्रेष्ठको अध्यक्षता,वडा नम्बर ८ का वडा सदस्य सीता खनालको प्रमुख आतिथ्यता र सचिव बिष्णु बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडामा रहेका सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update