Hamroprayas
रुपन्देहीका तिन वटा  इनरव्हील क्लबले गरे अटिजम सम्बन्धी सचेतना कार्यक्रम 

बुटवल,बैशाख २७ 
रुपन्देहीमा रहेर सामाजिक कार्यमा सक्रिय तिन वटा इनरव्हिल क्लवहरु मिलेर अटिजम जागरुकता कार्यक्रम सम्पन्न गरेका छन् । इनरव्हील क्लब अफ  मिडटाउन , इनरव्हील क्लब  अफ जितगढी , इनरव्हील क्लब अफ तिलोत्तमाको सयुक्त आयोजनामा अटिजम सचेतना बिषयक कार्यक्रम बुटवल ११ देविनगरको वडा कार्यलयको भवनमा शनिबार सम्पन भएको  हो । 

कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वडाबासीहरुलाई जनचेतना मुलक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गनुभयो । कार्यक्रमका प्रशिक्षक डा. शान्ता शर्माले अटिजम भनेको कुनै पनि रोग नभएर अहिलेको हरेक घर परिवारमा देखीएको समस्या रहेको बताउनुभयो । 

 

बच्चा जन्मिएपछि हरेक आमाले छ महिना देखी ख्याल राख्न जरुरी रहेको बताउनुभयो ।यदी बच्चाहरुमा अरुसँग आँखाको  सम्पर्क नगर्ने , नाम लिएपछि प्रतिक्रिया नदिने, अरु संगखेल्न र बोल्न मन नपराउने , ढिलो बोल्ने, बोल्न नसक्ने , कुनै  एउटा चिजमा असामान्य रुपमा धेरै रुचि देखाउने , खाना वा पाचन प्रणाली सम्बन्धी समस्या हुनु जस्ता लक्ष्णहरु देखिए भने अटिजम हुन सक्ने बताउनुभयो । 

इनरव्हील क्लव  मिटडाउनका अध्यक्ष राधिका रिजालले अटिजमका बिषयमा हरेक परिवारका सदस्यहरु जानकार हुनुपर्ने बताउदै सचेतना फैलाउने र बच्चाहरुको बिषेश हेरचाहमा टेवा पुगोस् भन्ने उदेश्य राखेर कार्यक्रम गरिएको बताउनुभयो ।  कार्यक्रममा वडा नम्बर ११ का जनप्रतिनिधी हेमा थामी, माया दर्नाल र इनरव्हील क्लव अफ  तिलोत्तमा अध्यक्ष सिता चालीसे , इनरव्हिल क्लव अफ जितगढीका दिलकुमारी भट्टराई लगायतले अटिजमका कारण अहिले नागरिकहरुमा देखिएका समस्याका बिषयमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा वडाबासीहरु ,जनप्रतिनिधी, चारवटै क्लबका सदस्यहरु ,इनरव्हिल क्लव अफ मिडटाउनका पूर्व अध्यक्ष तृष्णा श्रेष्ठ , सचिव सुशिला पोखरेल , जुनु भण्डारी , कविता परियार,इनरव्हील जितगढीका पूर्व अध्यक्ष हेमा न्यौपाने , इनरव्हिल क्लव अफ तिलोत्तमाका सचिव कल्पना पाण्डे, लगायतको उपस्थिती रहेको थियो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक प्रतिशत मानिसमा अटिजम देखिने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रतिवेदन अनुसार हरेक ५९ जनामध्ये एक जनालाई अटिजम हुने गरेको छ । त्यस्तै अटिजमको असर छोरीभन्दा छोरालाई तीन–चार गुणा बढी गर्ने गरेको सिडिसीको तथ्याङ्क छ । अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने तथ्याङ्कमा उल्लेख छ ।

नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर एक प्रतिशत जनसङ्ख्यामा अटिजम रहेको तथ्याङ्क सार्वजनिक गरेको देखिन्छ । नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन भने अहिले सम्म भएको छैन ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update