Hamroprayas
निजी क्षेत्रका अधिकांश सुझाब समेटिएको भन्दै चेम्वर लुम्बिनीले गर्यो बजेटको स्वागत

बुटवल,जेठ १६
 सरकारले बिहिबार सार्वजनिक गरेको आर्थिक बर्ष २०८२/ ८३ को बार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्विनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम,पूर्वाधार विकास,रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित रहेको भन्दै चेम्वरले खुसी ब्यक्त गरेको हो ।

चेम्वर लुम्विनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी स्वागत बक्तब्यमा जिजी क्षेत्रले दिएका अधिकांश सुझावहरु समेटिएको बजेट पहिलो भएको उल्लेख गर्दै निराश बनेको निजी क्षेत्रलाई उत्साहित बनाएकोप्रति सरकारलाई धन्यवाद दिइएको छ । बक्तब्यमा सरकारले बजेटमार्फत निजी क्षेत्रलाई सहयात्रीको रुपमा लिएको सन्देश दिएको भन्दै आर्थिक मन्दिलाई हटाएर अर्थतन्त्र चलायमान बनाउन बजेटले भूमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गरिएको छ । 

बजेटले कृषि,पर्यटन,उर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिंदै विदेशी तथा स्वदेशी लगानी आकर्षणका उपायहरु अवलम्वन गरेकोले यस्ता कार्यक्रमबाट उत्पादन बढाउने,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । बक्तब्यमा दीर्घकालिन आर्थिक बृद्धि र स्वदेशी उत्पादन विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएपनि कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरिएकोे छ । राजश्व संकलनका कतिपय योजनाहरु महत्वाकांक्षि देखिएकाले वजेट कार्यान्वयनमा चुनौती रहेको आशंका गरिएको छ । 

मूलतःयुवा लक्षित स्टार्टअप कार्यक्रम,इतिहासमा पहिलो पटक छुट्याइएको शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार लगानीको ठूलो बजेटका साथै अनुत्पादक क्षेत्रमा हुने लगानीहरुलाई  निरुत्साहित गरेको प्रति बक्तब्यमार्फत खुसी ब्यक्त गरिएको छ । साना ब्यवसायिलाई लक्षित गरेर एक्जिम कोडका लागि आवश्यक पर्ने धरौटी खारेजी,दोहोरो कर खारेजी र कम्पनी दर्ता र नवीकरणमा लाग्ने महसुल हटाइएको प्रति स्वागत गरिएको छ । त्यस्तै डिजिटल सेवामा लाग्ने भ्याट हटाइएको,विद्युतीय सवारी कर नबढाइएको प्रती धन्यबाद दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update