Hamroprayas
लुम्बिनीमा होटल पर्यटनको सम्भावना उच्च : मुख्यमन्त्री आचार्य

लुम्बिनी,जेठ १६

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा होटल पर्यटनको सम्भावना अधिक भएकाले निजी क्षेत्रको तर्फबाट पनि यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ ।

सिद्धार्थ होटल संघ नेपालको १९औं स्थापना दिवस तथा सत्कार दिवसको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउन जोड दिनु भएको हो । उहाँले होटल क्षेत्रको लगानीलाई पर्यटन व्यवसायसँग जोडेर हेर्न पनि आह्वान गर्नुभयो ।

‘हाम्रा पर्यटकीय क्षेत्रमा भ्रमणको उचित वातावरण बनाउन जरुरी छ । पर्यटकलाई धेरै दिन कसरी बसाल्न सकिन्छ र घुमाउन सकिन्छ भन्नेमा सबैले ध्यान दिन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अर्घाखाँचीको नरपानी, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला जस्ता ठाउँ वरपर राम्रा होटल खोलेर प्याकेजको रूपमा पर्यटकलाई घुमाउन लैजान सकिने हो भने छुट्टै पहिचान बनाउन सकिन्छ । यसमा पनि ध्यान दिन जरुरी छ ।’

पर्यटकहरू बास बस्न नपाएर चाँडै फर्किनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले यसतर्फ व्यवसायमा संलग्न सबैले सोच्नुपर्ने स्पष्ट पार्नुभयो ।‘कतै होटलमा लगानी उठ्न नसक्ने अवस्था छ भने कतै होटल नै नभएर पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यस्तो असन्तुलन हटाउन पनि आवश्यक छ ।’सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवर्द्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न आह्वान गर्नुभयो ।

‘हरेक समस्याको समाधान छलफल र सहमतिबाटै हुने हो । त्यसैले कोही पनि कुनै नाममा उद्देलित हुन आवश्यक छैन,’ उहाँले भन्नुभयो, ‘सरकार व्यवसायीहरूको समस्या समाधान गर्न गम्भीर छ । अहिलेकाे निती तथा कार्यक्रम र बजेटले धेरै कुरा सम्बाेधन गरिसकेकाे छ ।’

सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो ।संघीय सरकारले अघि सारेको नीति तथा कार्यक्रम र प्रस्तुत गरेको बजेटबाट विमानस्थल सञ्चालनको आधार तयार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालनमा आउँछ भन्ने विश्वासमा छौं । प्रदेश सरकारले पनि निरन्तर पहल गरिरहेको छ 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update