Hamroprayas
 बुटवल कालिकापथमा मोनोपोल राख्ने काम सुरू

बुटवल,पुस २९
बुटवल कालिकापथ सडकमा रहेका विद्युतीय पोल हटाएर नयाँ मोडलका मोनोपोल राख्न थालिएको छ ।बस्तीको बीचबाट १३२ केभिए प्रशारण लाइन लैजाँदा बस्ती नै असुरक्षित भएको भन्दै त्यसलाई हटाएर मोनोपोल राख्न थालिएको हो। त्यसको लागि आइतवारदेखि माटो परीक्षणको काम शुरू भएको छ ।

मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताउनुभयो । ‘२५ दिनभित्र ड्रिल गरेर स्वाइल टेस्ट गरिसकेपछि कस्तो आकारको पोल आवश्यक हुन्छ, त्यहीँअनुसार कम्पनीलाई निर्माण गर्न दिने इन्जिनियर पाण्डेले बताउनुभयो । 

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गर्नुभएको थियो । काम शुरु भएपछि पौडेलले लामो समयको प्रयास पछि बुटवलको कालिकापथको बीचभागमा रहेको भद्दा प्रकृतिको चारखुट्टे हाइटेन्सन पोलको सट्टा मोनोपोल (एकखुट्टे पोल) राख्ने काम सुरु भएको  बताउनुभएको छ । पौडेलले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न विद्युत प्राधिकरणलाई र आवश्यक सहयोग तथा सहजिकरणका लागि स्थानीय उपभोक्ताहरूलाई आव्हान समेत गर्नुभएको छ ।

फराकिलो सडकका बीचमा रहेका चारखुट्टे हाइटेन्सनका पोलले दुर्घटनाको जोखिम समेत बढाएकाले सानो मोनोपोल राखेपछि दुर्घटनामा कमी आउने बिश्वास गरिएको छ । योगीकुटीदेखि मगरघाट हुँदै मैनाहिया जाने खण्डमा भूमिगत प्रशारण लाइन विस्तारको काम पनि अघि बढेको छ ।  यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ ।  विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् । नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update