Hamroprayas
सदस्यता शुद्धीकरणमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह

बुटवल, जेठ ३  
प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव नर्गन आग्रह गर्दै आस्थाकै आधारमा भेदभाव गरिए संघर्ष गर्ने बताएको छ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकबाट महासंघको नामावलीमा भेदभाव गरिए संर्घष गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ जेठ ३ गते बिहीबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।विज्ञप्तिमा क्रियाशील पत्रकारको सदस्यता कायम गर्नुपर्ने, नयाँ पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गर्नुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्नेमा जोड दिइएको छ ।

महासङ्घ चुनावको सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक पत्रकार सङ्गठनसित सहकार्य गर्न सकिने निर्णय भएको बताइएको उक्त वक्तव्यमा वार्ता, सहमति, समन्वय र सहकार्यका लागि अध्यक्ष पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update