Hamroprayas
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

बुटलल,जेठ ३
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झ¥यो ।

त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update