
अष्ट्रेलिया,सिड्नी ।
नेपालमा जन्मिएर बिभिन्न कामको शिलशिलामामा अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका नेपाली नागरिकहरुको साझा संस्था हो, रुपन्देही सामाजिक सञ्जाल, अष्ट्रेलिया ।
कामको शिलशिलामा जहाँपुगे पनि आफ्नो जन्मभूमि प्रतिको माया ,सम्मान र आफ्नो देशको कला, संस्कृतिको संरक्षणमा यो संस्थाले बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ। यसैबिच नेपाली नयाँ वर्ष २०८२ अवसरमा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नी स्थित टेम्पी पार्कमा ३ मे मा नेपाली नयां वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा बारविक्यु कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले अष्ट्रेलियाको नेपाली समुदायका बिचमा आफ्नो छुट्टै पहिचान बनाउन सकेको बताउदै आगामी दिनमा उत्कृष्ट,सामाजिक र कल्याणकारी कार्यमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुंवर, संस्थाका संरक्षकहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोख्रेल, मुक्तिराम पोख्रेल, हाल रुपन्देहीबाट अष्टे«लियामा पुग्नुभएका व्यवसायी समाजसेवी अनुपमान सैंजु, सल्लाहकार डा. प्रकाश पौडेल, संस्थापक उपाध्यक्ष भुवन पाण्डे विभिन्न संस्थाका प्रतिनिधि पदाधिकारी, कार्यसमिति एबं विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका ब्यवसायी, सदस्यहरुहरुको सहभागिता रहेको थियो ।
सिड्नीमा बसोबास गर्ने नेपालीहरुको सहभागिता कार्यक्रमका सहभागीहरु विच एकापसमा शुभकामना आदानप्रदान गर्नुको साथै किड्स फेस पेण्टिङ्ग लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको संजालका अध्यक्ष दिवाकर काफ्लेले जानकारी दिनुभयो । नेपाल र नेपालीको माया, नेपाली कला, संस्कृति र भावी पुस्तालाई आफ्नो संस्कृतिको बिषयमा जानकारी होस् भन्ने उदेश्यले हरेक बर्ष कार्यक्रम आयोजना गरिएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
कार्यक्रममा रुपन्देही सामाजिक सञ्जाल-अष्ट्रेलियाको सामाजिक क्रियाकलापलाई सफल बनाउन आर्थिक सहयोग गर्ने स्पोन्सर Peak Realty का राजु खनाल र गणेश अधिकारी, Rainbow Painting का प्रदिप खनाल, Tilicho Consulting Group का प्रकाश पन्थी र प्रदिप पन्थी, Expert Educations Rockdale वाट झ्यागंजी खरेल, Let’s Talk Numbers Accounting बाट असिम श्रेष्ठ , Sunrise Groceries का सुरज र Active Blind का मोहन पाण्डे ,कलाकार दिक्षा वन्जाडे, कोओर्डिनेटर राजु खनाल, उपाध्यक्ष रंजिता भण्डारी, महासचिव सुचना पाण्डे,सचिव कमल चापागाईं, कोषाध्यक्ष प्रदिप पन्थी, कल्चरल कोओर्डिनेटर प्रदिप खनाल, महिला संयोजक गायत्री पौडेल, आइटी कोओर्डिनेटर सरोज पाण्डे, सदस्य झ्यागंजी खरेल, संयोग कुमार गौतम, योगेश पराजुली, प्रताप पन्थी, शिव पाण्डे, विष्णु पाण्डे, विशाल भण्डारी सहित कार्य समितिको सिंगो टिमलाइ विशेष धन्यवाद दिईएको थियो।
कार्यक्रममा नेपाली मौलिक खानाका परिकार बनाउनुको साथै नेपाली गित संगितमा रमाईलो गरिएको थियो । बिशेष गरि नेपालको रुपन्देही जिल्लाका नागरिकहरु आवद्ध रहेको संजाल २०१५ मा स्थापना भएको सामाजिक संस्था हो ।