Hamroprayas
एमाले तिनाउ ४ को अध्यक्षमा लालबहादुर दर्लामी

बुटवल ,माघ १४

नेकपा एमाले तिनाउ वडा नं ४ काे दाेस्राे अधिवेशन,शनिवार सत्यवती, पाल्पामा सम्पन्न भयाे । अधिवेशनले लालबहादुर दर्लामीकाे अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति पुनर्गठन गरेकाे छ ।जसकाे उपाध्यक्षमा तिलबहादुर राना,सचिवमा टेकबहादुर सुनारी र उपसचिवहरुमा जुनु गाहा र भीमबहादुर घर्तिमगर निर्विरोध निर्वाचित हुनु भएकाे छ । 

अधिवेशनका प्रमुख अतिथिका रुपमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले नेकपा एमाले,स्थानीय जनताकाे आवश्यकताहरुलाई सम्बाेधन गर्ने  र विकासप्रेमी पार्टी रहेकाे बताउनु भयाे । पार्टीले सत्यवती क्षेत्रकाे विकासमा महत्त्वपूर्ण भूमिका खेलेकाे समेत ओैल्याउनु भयाे । 

विशिष्ट अतिथिका रुपमा रहनु भएका पार्टीका जिल्ला सदस्य एवम् तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले वडा नम्बर ४ काे बाटाेघाटाे,पुल,पर्यटन विकासका लागि आफूहरुले सक्दाे प्रयास गरेकाे बताउनु भयाे । सत्यती मन्दिर र तालकाे विकासमा गाउँपालिकाले सक्दाे सहयाेग गरेकाे बताउनु भयाे ।

उक्त अधिवेशनमा तिनाउ गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरी,उपाध्यक्ष सावित्रा गुरुङ,साेही वडाका वडाध्यक्ष तुलबहादुर आले लगायतले वडा नम्बर ४ काे समग्र विकासका लागि स्थानीयहरुले एमालेलाई भारी मतका साथ विजयी गराउनु भएकाे र पार्टी र वडापालिकाले समेत जनताका आवश्यकतालाई सम्बाेधन गर्दै गएकाे बताउनु भयाे । 

अधिवेशनमा वडा कमिटीका अध्यक्ष लालबहादुर दर्लामीले विगत तीन वर्षदेखि पार्टीले गर्दै आएका सांगठनिक एवम् विकास निर्माणलाई जाेडेर प्रगति प्रतिवेदन सुनाउनु भएकाे थियाे । कार्यक्रम सञ्चालन सचिव टेकबहादुर सुनारीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update