Hamroprayas
चाडपर्वले आपसी भाइचारा स्थापित हुन्छ -एमाले सांसद ठाकुर  गैरे

बुटवल , कार्तिक ३
 बडादशैको दिन नजिकिदै जादा विभिन्न संघसस्थाले शुभकामना आदानप्रदान गरिरहेका छन ।

यसैक्रममा  रैनादेबी छहरा गाउँपालिका पाल्पा बल्ढेङगढीमा नेकपा एमाले वडा कमिटी ७  ले शुक्रबार दसैं , तिहार , तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि एमाले सांसद ठाकुरप्रसाद गैरेले चाडपर्वहरुले आपसी भाइचारा स्थापित हुने बताउनुभयो ।
 नेपालीका पर्वहरुले पारिवारिक , सामाजिक ,सास्कृतिक महत्त्व बोकेको बताउदै सबैले अरुको देखासिकी नगरी मिठो मसिनो खाएर खुशीका साथ पर्वमनाउन आग्रह गर्नुभयो । 

फरक प्रसङ्गमा गैरेले देश अहिलेको अवस्था रहे कठिनहुने बताउदै नेपालीहरुको जनजीवनसंग जोडिएका बिषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्थानीय सहभागीले बल्ढेङगढीको शिक्षा स्वास्थ खानेपानी सडकका बिषयमा आ आफ्ना गुनासा राखेको एमाले लुम्बिनी प्रदेश लेखा कमिटी सदस्य झपिन्द्र रायमाझीले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update