Hamroprayas
एमाले तिनाउ २ पाल्पाको वडा अधिवेशन पुस २८ गते हुने 

बुटवल,पुस १६
नेकपा एमाले ,तिनाउ वडा नं –२,दोभान–पाल्पाको वडा अधिवेशन यही पौष २८ गते शनिवार,दोभानको गणेशटोलमा हुने निर्णय भएको छ । वडा कमिटीको सोमवार बसेको बैठकले उक्त अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसमा प्रचारप्रसार उपसमितिको संयोजकमा विकास अर्याल,मञ्च व्यवस्थापन उपसमिति संयोजकमा पूजा रजाली,खाजा व्यवस्थापन उपसमिति संयोजकमा तुलबहादुर कुमाल  र आर्थिक व्यवस्थापनका लागि वडा कमिटी अध्यक्ष रामबहादुर थापालाई  जिम्मा दिईएको छ । 

बैठकमा पार्टीका तिनाउ ईन्चार्ज दलबहादुर गुरुङले वडा नं २ , दोभानको वडा अधिवेशनलाई शान्दार र भव्यरुपमा सम्पन्न गर्न पार्टीका सबै साथीहरु लाग्नुपर्ने बताउँदै उक्त अधिवेशन ऐतिहासिक हुने उल्लेख गर्नुभयो । बैठकमा जिम्मेवार प्राप्त संयोजकहरुले समयमै आफ्नो जिम्मेवारी व्यवस्थित रुपमा सम्पन्न गर्न ईन्चार्ज गुरुङले निर्देशन दिनुभएको छ । 

बैठकमा जिल्ला कमिटी सदस्य रामबहादुर दर्जी,तिनाउ गाउँ कमिटी उपाध्यक्ष सावित्रा राना,कुमारी खड्का,भगवती बस्याल,चूडामणि लम्साल ,ईन्द्रबहादुर गाहा,विकास अर्याल लगायतले वडा नं.२ को वडा अधिवेशनलाई व्यवस्थित र भव्यताकासाथ सम्पन्न गर्न आफूहरु सक्रिय रुपमा लाग्ने बताउनुभयो । बैठक, पार्टीका वडा कमिटी अध्यक्ष रामबहादुर थापाको अध्यक्षता र उपसचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।


 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update