Hamroprayas
   भ्रष्टाचार विरुद्धको दिवस :  भ्रष्टाचारीलाई जरैदेखि उखेल्न हातेमालो गरौँ 

बुटवल,मंसिर २३
आज शनिवार मंसिर २३ गते भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० विभिन्न कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नु पर्नेमा जोड दिएर यो वर्ष दिवस मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो ।
सोही समयदेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न काम हुने गर्छन् ।
नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । 

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ । समृद्ध समाज निर्माणका लागी  भ्रष्टाचार विरुद्ध सबै नागरिक जागरुक हुन जरुरी छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update