Hamroprayas
रुकुममा भत्किएका घर बनाउन ब्यस्त सन्देश

बुटवल,मंसिर १४
सन्देश ढकाल यतिबेला पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको वडा नं १३ को घात्मा गाउँमा भूकम्पले ढलेका घरहरुलाई पुनर्निर्माणका माध्यमद्वारा उठाउँदैछन् । रामपुर,पाल्पाबाट उनी उतै पुगेका हुन् । 

अनेरास्वियूको विद्यार्थी राजनीतिबाट माथि उठेका उनी यतिबेला पार्टीमा समेत क्रियाशील छन् । सन्देश गत चैत्रको स्ववियू निर्वाचनमा सहिद बहुमुखी क्याम्पस,रामपुरमा सभापतिका उम्मेदवार थिए । झिनो मतले उनी पराजित भएका थिए । 

पश्चिम रुकुमेली जनताका भत्केका घरहरुमात्र होईन भूकम्पले छियाछिया परेका मनमा मलहमपट्टी लगाउन पुगेका छन् । युवा जोश,जाँगरसँगै आफूलाई श्रमदानमा सिंचेका छन् । पसिना बगाएका छन् । सन्देशको भूकम्प पुनर्निर्माण सम्बन्धि सन्देश प्रबाहगर्ने फोटोहरु उनका फेसबुक वालहरुमा देख्न पाईन्छ । उनको गर्विलो उपस्थिति पक्कै पनि त्यहाँका जनताका लागि आडभरोसा योग्य भएको हुनुपर्छ ।

उनको घर रामपुर नगरपालिका वार्ड न ५ बेझाड बजारमा पर्छ ।  मित्रलाल ढकाल र कल्पना ढकालको कोखबाट जेठो सन्तानका रुपमा जन्मिएका उनी सामाजिक कार्यमा संलग्न हुन रुचाउँछन् । उनी बक्सिङ खेलाडी पनि हुन् । उनै सन्देश कार्तिक १७ गते गएको भुकम्पले छेदबिच्छेद बनाएको पश्चिम् रुकुममा जनताको आशु पुछ्न अहिले पार्टीको नेतृत्वको टिमसंग अनेरास्ववियु पाल्पाको नेतृत्व गरि रुकुममा अस्थायी टहरा र अस्थायी बिद्यालय बनाईरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update