Hamroprayas
महिला मानवअधिकार रक्षकहरुको संजाल रुपन्देहीको अध्यक्षमा न्यौपाने र सचिवमा पाण्डे चयन


महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । अधिबक्ता हेमा न्यौपानेको अध्यक्षतामा गठित १५ सदस्यीय समिती गठन भएको छ । जसको उपाध्यक्षमा कल्पना तिवारी ,सचिवमा मिना पाण्डे  (अस्मिना),सह सचिवमा कमला भण्डारी ज्ञवाली , कोषाध्यक्षमा राधिका श्रेष्ठ,सदस्यहरुमा प्रतिमा भट्टराई,शुशिला पोखरेल,उमा अर्याल ढकाल , झरना अर्याल , रञ्जु पासी , आनिक राना , सावित्रा घिमिरे , मञ्जु पराजुली , शेहनाज इदु र जमुना नेपाली चयन भएको निर्वाचन मण्डलका संयोजक गौमती सुनारले जानकारी दिनुभयो ।

यसअघि कार्यक्रममा   बुटवल उपमहानगर पालिका उपप्रमुख साबित्राा अर्यालले  समुदायमा काम गर्ने महिलाहरुलाई अझै पनि सहज वातावरण सिर्जना नभएको त्यसका लागि आफुले ध्यान दिने  बताउनुभयो । अर्यालले स्वच्छ र निष्पक्ष अधिकार स्थापित गर्नुमा महिला मानव अधिकारको अमुल्य योगदान रहेको धारणा राख्नुभयो ।  उहाँले आर्थिक रुपमा महिला सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रममा बुटवल उपमहानगर पालिका वडा नम्बर ५ की जनप्रतिनिधी यमुना श्रेष्ठ , मानव अधिकारको लागि महिला एकल एकल महिला समुह लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरे, बुटवल उद्योग बाणिज्य संघकी सदस्य जमुना पौडेल , अधिबक्ता गौमती सुनार लगायतले बोल्दै  महिला मानव अधिकारको रक्षाका लागी जुट्न आग्रह गरेका थिए ।

साधारणसभाले अध्यक्ष हेमा न्यौपानेले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष राधिका श्रेष्ठले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update