Hamroprayas
अपांगता समुदायको विकासका लागि प्रदेश सरकार गम्भिर छः मन्त्री गुप्ता 

बुटवल, ९ मंसिर 
राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको चौथो  साधारणसभा  बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सामाविक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले अपांगता समुदायको हितको लागि  प्रदेश सरकार जहिले पनि तयार रहेको बताउनुभयो ।

उहाँले अपांगता समुदायको हितको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न योजना सहितको कार्यक्रम ल्याएको भन्दै अपांगतास  मुदायको हितको लागि आफ्नो पहल जहिले पनि सकारात्मक हुने बताउनुभएको थियो । 
कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले अन्य समुदाय भन्दा पनि कजोर समुदायको रुपमा रहेको अपांगता समुदायको हितको लागि आफुले पहल गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो  अपांगता समुदायलाई शिक्षाको मुल धारमा ल्याएर ,सिपमुलक, आयमुलक, चेनालमुलक तालिम प्रदान गरी सामुदायमा आधारित पुर्नस्थापनाको लागि जोड दिनुपर्ने मन्त्री गुप्ताको जोड दिनुभयो  ।

 शिक्षा नै जीवनको आधार भएको भन्दै उहाँले कोही पनि शिक्षाको न्यानो घामबाट बञ्चीत हुन नपरोस् भन्ने हेतुको साथमा अपांगता भएका वालवालिकाहरुको लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभएको थियो  ।कार्यक्रममा राष्टिय अपांग महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले अपांगतास मुदायको लागि सरकारका ३ वटा तहबाट  आश्यक सहयोग र पहल हुन नसकेको बताउनुभयो ।

 

 


कार्यक्रममा राष्टिय अपांग महासंघ नेपाल निर्वतमान अध्यक्ष मित्रलाल शर्माले  अपांगता अधिकारको लागि सबै जना एकजुट हुपर्ने बताउनुभयो।यस्तै अपांग महासंघका  केन्द्रीय अनुशासन आयोगका संयोजक तथा पुर्व  बरिष्ठ राष्ट्यि उपाध्यक्ष देवीबहादुर पोखरेलले  अपां·ता अधिकारका लागि स्वयम  अपांगता भएका समुदाय र अभिभावकहरुको ठुलो भूमिका रहेको बताउनुभयो । राष्ट्यि अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता सचिव सन्तोष पन्थीको सञ्चालनमा भएको कार्यक्रममा भावकुजंग थापा लगायतले बोल्नुभएको थियो  । 
पत्रकार खनाल सहित ३ सम्मानित
साधारण सभा तथा अधिवेसनको अवसरमा बुटवल टुडे  राष्टिय दैनिकका उप सम्पादक समेत रहेको पत्रकार कृष्ण खनाल सहित अन्य २ जनालाई सम्मान गरिएको छ । सामाजिक विकास मन्त्रालयलका महाशाखा प्रमुख शारदा बेल्बास, ईन्सेक रुपन्देहीका प्रतिनिधी रिमा बिसीलाई सम्मान गरिएको छ । सम्मानित व्याक्तिहरुलाई मन्त्री  सिके गुप्ता, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारी,  संघीय अध्यक्ष देवीदत्त आचार्य सहित  प्रदेश सचिव सन्तोष पन्थीले सम्मान गर्नुभएको हो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update