Hamroprayas
बोलेरो जीपको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु

बुटवल, मंसिर ८ 
 रुपन्देहीको बुटवलमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले दिनुभएको जानकारी अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षिय शेखर पोखरेल गम्भीर घाईत हुनुभएको छ । 

पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ ।  जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अगाडी बढाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update