Hamroprayas
 समाजमा देखिएका विकृतिहरु नहट्दासम्म सुशासनमा बाधा पुग्छ  : सभामुख घर्ती

बुटवल, कार्तिक २५
समाजमा देखिएका विकृतिहरु नहट्दासम्म सुशासनमा बाधा पुग्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा कार्तिक २१ गतेदेखि २५ गतेसम्म दीर्घकालिन व्यवसायिक रणनीतिक योजना तर्जुमा कार्यक्रमको समापन सत्र बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

 

समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्रमा विभिन्न खालका विकृत्ति बद्दै गएकोले यस्ता विकृतिहरु नहट्दासम्म  समस्याहरु भैरहने र सुशासनमा बाधा पुग्ने बताउनुभयो । 
 

सभामुख धर्तीले समाजमा लोभी, पापी र बेइमानीहरु रहँदासम्म विभिन्न समस्याहरु आएकोले यसको समाधानका लागि यस्ता विकृत्तिहरु विरुद्ध पनि सहजीकरण गर्नुपर्ने बताउनुभयो । जव लोभ बढ्छ त्यहाँ अपराध बढ्ने बताउदै घर्तीले समाज रुपान्तरणका लागि सकारात्मक सोंच महत्वपूर्ण हुने बताउनुभयो । 
उहाँले सहकारीले देखेका सुन्दर सपनाहरु पुरा गर्नका लागि इमान्दारीताका साथ लाग्नका लागि आग्रह गर्दे आफुले पनि ३० बर्षिय लामो संघर्षपछि यो अवस्थामा आएकोले यसको इमान्दारीताका साथ पालना गर्ने बताउनुभयो ।   
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकपालिका सदस्य यम बहादुर सुनारले मितेरीको दीर्घकालिन व्यवसायिक रणनीतिक योजना अत्यान्त्यै महत्वपूर्ण छलफल गरेर आवश्यकताको पहिचान गरी बनाएको बताउदै सहकारीको माध्यमबाट समाज रुपान्तरणलाई मुख्य विषय बनाएर अगाडी बढेको  बताउनुभयो ।

 

कार्यक्रममा दीर्घकालिन रणनीति तथा योजना तर्जुमा गोष्ठीको सहजीकरण विषय विज्ञद्धय इन्द्रराज ज्योति पौडेल र हरिलाल सापकोटाले गर्नुभएको थियो । सहजीकरणमा सहकारीको परिचय, अवस्था मुल्य मान्यता, आधारभूत मुल्यमान्यता, नैतिक मूल्य मान्यता, सहकारीका सिद्धान्तहरु, व्यवसायिक योजना, व्यवसायिक योजना तर्जुमाको आवश्यकता, चरणहरु संस्थागत विश्लेषण,सुशासनका मुख्य खम्बाहरु,सामाजिक उत्तरदायित्व, सेयर सदस्यहरुको अवस्था, सदस्यता वृद्धि, बजेट व्यवस्थापन, ऋण लगानी, सेवा प्रवाह लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

विषय विज्ञद्धय इन्द्रराज ज्योति पौडेल सहकारी संस्थाले योजना बनाउनु ठूलो कुरा छैन कार्यान्वयनलाई अगाडी बढाउन सकेमा यसको भविष्य राम्रो रहेको भन्दै यस सहकारीको पल्सका सूचकहरुमा मितेरी सहकारी संस्था बलियो भएकोले जीवनमा श्रीकृष्ण र कर्ण जस्तो साथी बनाएर अगाडी बढन सके संस्था सफल हुने बताउनुभयो । 
मितेरी बहुउद्देश्यि सहकारी संस्थाका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले सहकारीको माध्यमबाट समाज रुपान्तरणमा होमिएको भन्दै यसलाई सबै सेयर सदस्यहरु र सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष शर्माले देश अहिले गमभीर अवस्थामा पुगेको र युवा शक्तिहरु विदेश पलायन भएको अवस्थामा सहकारीले सहकारीको माध्यम मार्फत यूवा उद्यमशिलतामा जोड्न लागेकोले सहकारीले व्यवसायिक योजना बनाएर सबै वर्ग र समुदायलाई समेटेर अगाडी बढन, दीर्घकालिन रणनीतिक योजना महत्वपूर्ण  हुने बताउनुभयो ।  

 

जनउत्थान सहकारी संस्थाका व्यवस्थापक रण बहादुर थापाले समाज रुपान्तरणका लागि सहकारीको माध्यमबाट समाज रुपान्तरणका अगाडी बढ्न आग्रह गर्नुभयो ।   
कार्यक्रममा सहभागीको मितेरी बहुउद्देश्यिका महिला परिवार समाजका संयोजक कुसुम केसी, मधुकला कुँवर र टीका वलीले गोष्ठीमा धेरै कुराहरु सिक्न पाएकोे शिक्षा विना केही कुराहरु संभव नहुने भन्दै सहकारीले लिएका लक्ष र योजनाहरुलाई सफल बनाउनका लागि यस्तो खालको कार्यक्रम धेरै महत्वपूर्ण  विषयहरु सिक्ने अवसर पाएको बताउनुभयो । 

कार्यक्रममा सेयर सदस्यहरु, विषयगत विज्ञहरु, विभिन्न उपसमितीका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन सचिव शत्रुघन शाहको संचालन अध्यक्ष महेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update