Hamroprayas

बुटवल उद्योग वाणिज्य संघको नयां नेतृत्वको लागि हुन लागेको अधिबेशनमा दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी सार्वजनिक एवं घोषणा गरेको छ ।

संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी दिनेशप्रसाद श्रेष्ठ अध्यक्ष रहनेगरी समुहले उम्मेदवारी सार्वजनिक गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा अफिर हुसेनले उम्मेदवारी घोषणा गरेका छन् । सो उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठ बुटवल शहरलाई मुलुका अन्य क्षेत्रिय शहर एवं बजार संग प्रतिस्पर्धी बजार बनाउन आफुले पहल गर्ने बताए ।

उनले सवारी पार्किङ व्यवस्थापन देखि व्यवसायी मैत्री बातावरण बनाउन पहल गर्ने बताए । अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठलाई पुर्व अध्यक्षहरुले साथ दिएका छन् । सोही कार्यक्रममा एमालेका शुभचिन्तकहरु पनि उपस्थित भएका छन् । दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी घोषणा गरे संगै हरि अर्यालको समुहले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयां नेतृत्व चयन गर्नेछ । संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update