Hamroprayas

रुपन्देहीको तिलोत्तमा नगरमा सिद्धार्थ भुमी ग्रुप संचालनमा आएको छ ।

राम प्रसाद घिमिरे, ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा आएको हो ।

एक बिगाहा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक स्वरुम तयार गरिएको अहिलेसम्मकै ठूलो भएको उनले दाबी गरे । पहिलो चरणमा दुई वटा शाखासहित शुक्रबारदेखि सञ्चालन शुभारम्भ हुने निर्देशक सिलवालले बताए ।

‘देशका मुख्य शहरहरुका शाखा खोल्ने लक्ष्य अनुसार काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ हुने छ’— उनले भने । शोरुममा लाईट्स, टायल्स, सेनेटरी, फर्निचर, पाईप एण्ड फिटिङ्सका विश्वप्रसिद्ध र नेपालका सबैजसो ब्राण्ड उपलब्ध हुने उनले बताए । उद्घाटन अवधिमा खरिदमा उपभोक्तालाई छुटको ब्यवस्था गरिएको उनले बताए ।

ग्रुपका संचालक राम प्रसाद घिमिरेले फिलिप्सको आधिकारिक बिक्रेताका रुपमा लाईट्स, यसैगरी सेनेटरीमा पेरी र रोक्का जस्ता ब्राण्ड, स्वदेशी ग्रिनल्यानका सनमाईकाको आधिकारिक बिक्री गरिने बताए । यसैगरी डाईमेक्सको युपिभिसी समेत उपलब्ध रहेको उनले बताए ।

ग्रुपका संचालक नारायण केसीले बिक्रीपछिको सेवालाई प्राथमिकता दिने गरी काम गर्ने सोच अघि बढाएको बताए । विश्वभरकै नाम चलेका मेक्स, पेरिवेयर, सिमपोलो, रोका, नियोप्लास्ट, टोनिस प्रोफाईल, फिलिप्स लाईटस एण्ड स्विच, बोस प्रडक्ट, एचएल युपिभिसी, आलुक, कालपटरु डोर एण्ड प्लाईउड, ग्रिनलाम लेमिनेशन, गेभिसा, मेनहोल, पञ्चकन्या, मिकासा डोर एण्ड फ्रेम, फेभिकोल, जोनसन, रेहाउ, हेसा सटरिङ प्लाईउड, पान्स आर, पाईप एण्ड फिटिङ्सका सामग्रीहरु एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध हुने हुँदा पनि उपभोक्ताको मन जित्ने दाबी गरे ।

निकट भविष्यमा ईटहरि र पोखरामा शाखा खोल्ने तयारी रहेको उनले बताए । एक सय जनालाई रोजगार दिन सफल भएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update