Hamroprayas
   बेईमान नेपाली राजनीति 

बुटवल,कार्तिक २०
वि.स. २००७ सालको राजनिती क्रान्तिपछि नेपाल एकतन्त्रीय जहानीया राणा शासनको अन्त्य भयो ।  त्यसबखत हाम्रा बाजे बजैहरुले उधुम खुसियाली साटासाट गर्नु भयो । अब नागरिकका पनि दिन आए आफ्नै ठाउँमा बसेर अब शिक्षा , स्वास्थ्यका अवसर प्राप्त गरिने भयो भन्ने  अपेक्षा पनि राखे । त्यो अपेक्षा वि.स. २०८०को मध्य भाग तिर आईपुग्दा पनि आंशिक रुपमा मात्रै प्राप्त भईरहेको छ । 

२००७ सालको परिवर्तननले देशको समृद्धिको मार्ग निर्माण गर्नका लागि आवधिक बजेट प्रणाली , राष्ट्रिय योजना आयोगको स्थापना र सञ्चालन , केन्द्रीय बैंकको स्थापना र सञ्चालनका कार्यक्रम अगाडि बढाएको भएता पनि राजनीतिमा भित्रीएका खल पात्रका कारण यिनिहरुले राम्रोसँग काम गर्न समेत पाउन सकेन्न । जसको निरन्तरता वर्तमान  संघीय नेपालमा समेत रहदै आएको छ ।  

२०१७ सालदेखि २०४६ सम्म देशमा निर्दलिय शासन प्रणाली सञ्चालनमा रहेको त्यो समयमा बहुदलिय प्रजातन्त्रका आवाज उठाउने नागरिकहरुलाई जेल सजायको व्यवस्था गरिएको थियो । साशकहरुले अनेकौं उपाय लगाउदा समेत केही उपायले काम नगरेकोमा वि.स. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापन गर्नमा सहमत भएका हुन् ।
प्रजातन्त्रको पुनःस्थापन गर्नमा नेपाली नागरिकहरुको उल्लेखनीय सहयोग लिएका राजनैनितक दलहरुले वर्तमान समयमा आम नागरिकको जनजीविकाको पक्षमा भन्दा धेरै समय गैरराजनीतिक कार्यक्रम , ठेक्का पट्टा, कमिसन तथा नाफाखोरका कार्यक्रममा तल्लीन हुन पुगेका छन् ।

देशका सबै दलका सबै नेता यस्तो कार्यका संलग्न नरहेता पनि पहुँचवाला र बहालहालाहरु फेरि मौका आउनेमा ढुक्क हुन नसकि नागरिकको सरोकारको विषय भन्दा अन्यत्र नै व्यस्त छन् । वि.स. २०५१ देखि ०६२÷६३ सम्म विदेशीको ईशारामा आर्थिकसामाजिक रुपान्तरणका धेरै पूर्वाधारहरु ध्वस्त पारिए । जसको मुख्य कारण नै राजनीतिका माध्यमबाट सत्ता कब्जा र धन सम्पत्ति गर्ने नै रहेको कुरा अहिले प्रमाणित भईसकेको छ । 

मुलुकमा पटकपटक राजनैतिक परिवर्तन हुदै अहिले देशमा संघीय शासन प्रणाली अभ्यासमा छ । जनताकै प्रतिनिधिले शासन सत्ता सञ्चालन गरिरहेका छन् । यद्यपि जनताले संघीयता मन पराएको शासन प्रणाली बन्नबाट वर्तमान राजनैतिक गतिविधिले नै रोकिरहेको छ । अझ धेरै  दुःखको कुरा राजतन्त्रको समयमा भन्दा धेरै भ्रष्टाचार , आर्थिक अनियमितता , अपारदर्शीता, कमिसनतन्त्र , अबैध आर्थिक कारोवार  बढिरहेको छ । 

 वि.स. २०७२ पछि संघियतालााई अभ्यास गर्ने र टिकाई राख्ने बहानामा राजनैतिक कार्यकर्तालाई करारमा भर्ना गरि मुलुकको राजस्वको चरम दुरुपयोग भईरहेको छ । बेईमान राजनीति र तिनका कार्यक्रममा युवाले विश्वास नगरि दैनिक २२०० भन्दा धेरै युवाले देश छोडिरहेका छन् । यता सरकारले रेमिटान्स बढ्छ विदेश जानू राम्रो हो भन्छ । उता निर्माण व्यवसायी श्रमिकको अभावमा समयमा कार्य सम्पन्न गर्न सकिँदैन भनेर चिच्याउछन् । वर्तमान राजनैतिक दलका कार्यक्रम र गतिविधिलाई नजिकै बाट नियाल्दा यिनिहरुले जनतालाई सधैंभरि मतदाताका रुपमा मात्रै प्रयोग गर्ने र विकासका अधुरा सपना बाढ्ने समुहका रुपमा मात्रै लिएको स्पष्ट हुन्छ । 

आज सबै नेपालीको घर घरमा राजनीति नराम्रो सँग छिरेको बाबू र छोरा , श्रीमान र श्रीमतीका बीचमा पनि राजनैतिक विचारका आधारमा सम्बन्ध बिच्छेदका अवस्थाहरु सिर्जना भईरहेका छन् । अन्त्यमा , विगत सात दशक देखि जनता झुक्याउदै आफ्नो स्वार्थ पूरा गरेको नेपाली राजनीतिले आगामी दिन देखि वास्तवमा नै जनताको पिडामा मलम पट्टी गर्न सफल रहने आसा गरौं ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update