Hamroprayas
लुम्बिनीका मुख्यमन्त्री कार्यक्रममा सहभागी हुन अमेरिका जाँदै, मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई 

बुटवल,कार्तिक १९
लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाउनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोक्नुभएको हो । 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन आईतबार अमेरिका प्रस्थान गर्ने भएकोले उहाँको अनुपस्थितिमा मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई तोकेको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update