Hamroprayas
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा प्रधानमन्त्री दाहाल :  घाइतेको अवस्था बुझ्दै 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान भूकम्प प्रभावित जिल्ला जाजरकोट पुग्नुभएको छ । 
भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट पुग्नुभएको हो  ।

उहाँले भूकम्पक्षतिको अवस्था संगै जिल्ला अस्पतालमा पुगेर घाइतेको अवस्था बुझनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले पीडितका आफन्तसँग कुराकानी गर्नुभएको छ भने क्षतिग्रस्त बस्तीको अवलोकन गर्नुभएको छ ।  प्रधानमन्त्रीको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि जाजरकोट पुग्नुभएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update