Hamroprayas
गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपुर,असार २३

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी ९बर्दघाट(सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिका(७ स्थित गण्डक बाँध ९ब्यारेज०का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका(१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिनुभयो । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युविक सेन्टिमिटर ९ क्युसेक रहेको हरिजनले बताउनुभयो ।

नदीमा शनिबार दिउँसोबाट पानीको बहाव निरन्तर बढिरहेको उनले जानकारी दिए । हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा रहेको बताउनुभयो । गण्डक ब्यारेजमा बाँध लगाएर भारतले सिँचाइका लागि नहरमार्फत बिहार र उत्तर प्रदेशमा पानी लगेको छ ।

गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको हरिजनले जानकारी दिए । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव छ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update