Hamroprayas
रोटरी क्लब अफ् तिनाउ बुटवलको अध्यक्षमा रमिला शर्मा 

बुटवल,असार २२
रोटरी क्लब अफ तिनाउ बुटवलको आठौं पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी वर्ष २०२४/२५ डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२३/०२४ का अध्यक्ष अमृता भुसालले वर्ष २०२४/२५ का अध्यक्ष रमिला शर्मालाई पद हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर शेरचनले अध्यक्ष शर्मालाई पद तथा गोपनियताकोे सपथ गराउनुभएको थियो भने निर्वाचित अध्यक्ष शर्मा बोर्ड मेम्बरहरुलाई सपथ गराउनुभएको थियो ।

 कार्यक्रममा बोल्दै गभर्नर शेरचनले महिलाहरु मात्रै आवद्धरहेको क्लबले रोटरीको अभियानमा उत्कृष्ट काम गरेको थाहा पाउँदा खुशी लागेको बताउदै निरन्तर सामाजिक काममा सक्रिय भएर लाग्न नयाँ नेतृत्वलाई शुभकामना  दिनुभयो । उहाँले पोलियो न्युनिकरण,सनेटरी प्याडको वितरण,महिला स्वास्थ्य र समाजको आवश्यकता र क्लबको थिममा रहेर काम गर्न आग्रह गर्नुभयो । वर्ष २०२४ /२५ को रोटरी थिम द म्याजिक अफ रोटरी रहेको छ । 

क्लबका जि एस आर एजाज आलमले रोटरी क्लव तिनाउ बुटवलले गरेका उत्कृष्ट कार्यको अन्य कलबले पनि अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । स्थापनाको छोटो समयमै रोटरीक्लबहरुको बीचमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै अर्वाडका लागि भन्दा पनि समाजका लागि सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा क्लबका वर्ष २०२४/२५ का जोन ३३ एवं क्लबका एसिस्टेन्ट गर्भनर हिमाल गैरेले रोटी क्लब तिनाउबाट धेरै कुरा सिक्न जरुरी रहेको बताउदै स्वार्थभन्दा माथि भन्ने रोटरीको अभियानमा रोटरीको नम्स भित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

क्लबका संस्थापक अध्यक्ष देवि वाग्लेले क्लब स्थापनाको समयलाई स्मरण गर्दै हिजोका कठिनाईबाट क्लबले फड्कोमारेको बताउनुभयो । अब आफ्नो लयमा हिडेको क्लबले समाजमा धेरै काम गरेको अझै उदाहरणीय काम गर्दै जाने बताउनुभयो । वाग्लेले दिन रात नभनीकन रोटरी अभियानको सामाजिक काममा लाग्न महिलालाई धेरै चुनौती भएपनि ति सबै चुनौतीको सामना गर्दे उत्कृष्ट कामहरु गर्न सफल भएको बताउनुभयो । 

कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसालले गतवर्ष सम्पन्न गरिएका कामहरुको समीक्षा गर्दै अधुरा रहेका कामहरुलाई यसवर्षको नेतृत्वले पुरा गर्नुपर्ने बताउनुभयो । गतवर्ष किशोरी आमाहरुलाई सीपयुक्त बनाउने उद्देश्यले एडभान्स सिलाई कटाई तालिमको निरन्तरता र सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माण सरसफाई ,बृक्षरोपण ,हेल्थ क्याम्प लगायतका महत्वपुर्ण कामहरु सम्पन्न भएको बताउनुभयो । यसैगरी भुसालले आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई मायाको चिनो प्रदानगरि धन्यवाद व्यक्त गर्नुभयो । 

वर्ष २०२४/२५ का अध्यक्ष रमिला शर्माले क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारण अनुसार क्लबको गरिमालाई उचो बनाउने खालका कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो ।यसबर्षपनि विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति, सीपमुलक तालिम प्रदान लगायतका कामहरुलाई निरन्तरता दिने बताउनुभयो ।

शर्माले छोरी शिक्षा कार्यक्रम अन्तर्गत गौतम बुद्ध माबि तिनपामा कक्षा ९ अध्ययन गर्ने छात्रा रेजिना आले , कक्षा ११ मा अध्ययन गर्ने समिक्षा भुजेल र ज्ञानोदय माबी बुटवलमा कक्षा ९ मा अध्यनरत रन्जना अधिकारीलाइ जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको र यो कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । क्लबले छोरी शिक्षा कार्यक्रमका लागी ५ लाख बराबरको अक्षयकोष स्थापना गरेको सोही रकमको ब्याजबाट बिगतका बर्षहरु बाटै छोरीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

क्लबलाई यहाँसम्म ल्याउन पुर्वअध्यक्षहरुको भुमिका महत्वपुर्ण भएको बताउदै शर्माले संस्थापक अध्यक्ष देवि वाग्ले,पुर्व अध्यक्षहरु जमुना पौडेल, भगवती पाण्डे, ज्ञानधरा पन्थ, प्रतिमा भट्टराई, कल्पना तिवारीलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।कार्यक्रममा क्लबका पुर्व अध्यक्ष प्रतिमा भट्टराई, प्रसिडेन्ट इलेक्ट उमा आचार्य,प्रेसिडेन्ट नोमिनी माया भट्टराई ,सचिव सपना कार्की ,पब्लिक इमेज चेयर अनुपमा श्रेष्ठ, रोटर्याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष बसुन्धरा शर्मा लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा फस्ट लेडी सरोजनी शेरचन, क्लबका अध्यक्ष रमिला शर्माका स्पाउस राजकुमार पराजुली ,पिडीजि संजय गिरी, पिडीजि जितेन्द्र बहादुर राज भण्डारी , क्लबका वर्ष २०२३/२४ का जोन ३३ एवं क्लबका एसिस्टेन्ट गर्भनर यादव भण्डारी, मातृक्लबका अध्यक्ष बिभिन्न क्लबका अध्यक्षहरु,रोटरी लिडरहरुको उलेख्य रुपमा सहभागिता रहेको थियो । 

त्यस्तै क्लवको वर्ष २०२४/२५ अन्र्तगतको नयाँ नेतृत्वमा आई पिपिमा अमृता भुसाल, प्रसीडेन्ट इलेक्ट उमा आचार्य, प्रसीडेन्ट नोमिनी माया भट्टराई ,भाईस प्रसीडेन्ट फस्ट समा प्रभिन,भाईस प्रसीडेन्ट सेकेण्ड अनिता भुसाल,सेके्रटरीमा सपना कार्की, टेजरर रमा थापा क्षेत्री, जोइन सेके्रटरी सविता निरौला, जोईन टेजरर लक्ष्मी घिमिरे, एडमिन्स्ट्रेटिभ चेयरमा कृष्णमाया कार्की,सर्भिस प्रोजेक्ट चेयरमा मिना भुसाल पाठक,मेम्बरसीप चेयरमा शारदा तिवारी,पब्लिक इमेज चेयरमा अनुपमा श्रेष्ठ, टिआरएफ चेयरमा अन्जना पाण्डे,सर्जेन्ट एट आम्स फस्ट बिनिता खनाल,सर्जेन्ट आम्स सेकेन्ड रन्जु चापागाई ,इडिटरमा सरस्वती पन्थी भुसाल, र मेन्टरमा अरुणा धिताल रहनुभएको नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिनुभयो । नवनिर्वाचत टिमले एकबर्षको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update