Hamroprayas
जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परेर मृत्यु

बुटवल,कार्तिक १८
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उहाँको मृत्यु भएको हो ।

०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उहाँ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

सिंह सहित जाजरकोट केन्द्रबिन्दु भनाएर गय राती गएको भूकप्मा परि मृत्यु हुनेको संख्या १२८ पुगेको छ । प्रहरीको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या १२८ र घाइतेको संख्या १४० पुगेको हो ।

प्रहरीका अनुसार अहिले सम्ममा जाजरकोट जिल्लामा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ । त्यसैगरि जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update