Hamroprayas
हामीले दैनिक प्रयोग गर्ने खाने नुनको मूल्य बढ्यो

काठमाडौं,असार १९  
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ।साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

यस्तै भानु नुनको मूल्य भने यथावत् राखेको साल्ट ट्रेडिङले  जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update