Hamroprayas
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौँ ,असार १८

सेयरबजारमा दोस्रोपटक पनि सर्किट लागेको छ। पहिलो सर्किटमा २० मिनेट कारोबार रोकिएको बजारमा अहिले ४० मिनेटका लागि बजार बन्द भएको छ।

कारोबार खुलेको पहिलो १ मिनेटमा ४ प्रतिशतले नेप्से सूचक बढेर पहिलो सर्किट लागेको सेयरबजारमा दोस्रोपटक नेप्से सूचक ५ प्रतिशतले बढेर सर्किट लागेको हो।

दोस्रो सर्किट ५ प्रतिशतको वृद्धि र तेस्रो सर्किट ६ प्रतिशतको वृद्धिपछि लाग्ने गर्छ। सरकार परिवर्तनमा सहमति जुटेसँगै त्यसको असर सेयरबजारमा देखिएको हो। एमालेको सरकार आउने सम्भावनाका बीच बजार बुम भएको हो।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update