Hamroprayas
तिनाउकाे कालिका विद्यालयका  विद्यार्थी वातावरण समूहद्वारा सरसफाइ

बुटवल ,जेठ २३

विश्व वातावरण दिवसकाे अवसरमा तिनाउ गाउँपालिका वडा नं.२ ,देउलेमा रहेकाे कालिका आधारभूत विद्यालयमा गठित विद्यार्थी वातावरण समूह( ईकाे क्वव)ले आफ्नाे विद्यालय परिसर सरसफाइ गरेकाे ईकाे शिक्षक शान्ति पुन जानकारी  दिनुभयो। 

उहाँका अनुसार विद्यार्थीले दिवस मनाउने क्रममा आफ्नाे विद्यालयमा उम्रेका झार गाेडेका छन् । प्लाष्टिकका थैलाहरु संकलन गरेका छन् । साथै उनीहरुले कागजका टुक्राहरुकाे उचित व्यवस्थापन गरेका छन् । 

ईकाे क्लवले वन,वातावरण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाे विद्यालयका सहायक प्रअ सुनेब थापाले बताउनुभयो । 
ईकाे क्लवकाे असल भूमिकाले संरक्षणमा सचेतना अभिवृद्धि हुँदै गएकाे विद्यालयका प्रअ मानबहादुर सारुले सुनाउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update