Hamroprayas
हातेमालोद्धारा शैक्षिक सामग्री तथा स्कुल झोला वितरण

 बुटवल,बैशाख ११
नयाँ जीवनको लागि हातेमालोको आयोजनामा मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ ।शैक्षिक वर्षको शुरुवातमै रुपन्देही र कपिलवस्तुका अपागंता भएका तथा सिमान्तकृत समुदायका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल झोला वितरण गरिएको हो ।

नयाँ जीवनको लागि हातेमालोका कार्यक्रम प्रवन्धक मन कुमारी न्यौपाने पाण्डेले शैक्षिक सामग्री र ब्यागको अभावमा कुनै बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनरे सामग्री वितरण गरिएको बताउनुभयो । प्रवन्धक पाण्डेले अहिले सम्म अपागंता परिचय पत्र नबनाएका बालबालिकाका अभिभावकहरुलाई अपांगता परिचय पत्रको महत्व बारे जानकारी दिदै सबैलाई परिचय पत्र अनिवार्य रुपमा बनाएर राज्यले दिएका सेवा सुविधामा पहँुचका लागि आफै अग्रसर हुन आग्रह गर्नुभयो  । 

कार्यक्रममा सहभागी अभिभावकद्धय रुपन्देहीका गीता खनाल र कपिलवस्तुका आशा थारुले विगत २४ वर्ष देखि लगातार हरेकवर्ष नयाँ जीवनको लागि हातेमालोले अपागंता भएका बालबालिकालाई शैक्षीक सामाग्री प्रदान गरेर अभिभावक र छोराछोरीको मनोबल बृद्धि गरिदिएकोमा खुशी ब्यक्त गर्नुभयो ।

शैक्षिक वर्षको शुरुवातमै शैक्षिक सामग्रीको साथमा व्याग उपलब्ध गराएर सँस्थाले गरेको सहयोगले आफना छोराछोरीको शिक्षाका लागि थप सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा ज्योति सिलवाल, ज्ञान्ती थारु, विरेन्द्र श्रेष्ठले अपागंता भएकाहरु प्रति सकारात्मक हुनुपर्ने बताउदै समाज ,परिवार, बिद्यायल र तिनै तहका सरकारले अपांगता भएकाहरुलाई बिशेष सम्बोधन गर्नुपर्नेमा जोडदिनुभएको थियो । कार्यक्रमको संचालन नयाँं जीवनको लागि हातेमालोका सामुदायीक विकास अधिकृत सरिता के.सी ले गर्नभएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update