Hamroprayas
सियारीमा रोजगारीको अबसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

भैरहवा, बैशाख ४
रुपन्देहीको सियारी गाउँपालिकामा रोजगार सेवा केन्द्रले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले सियारीका अधिकांश बिद्यालय तथा सार्वजनिक स्थानको स्वरुप नै परिवर्तन भएको छ ।कार्यक्रम सञ्चालन गर्नुपुर्व अव्यवस्थित देखिएका बिद्यालय तथा सार्वजनिक स्थान अहिले हरियाली र सुन्दर देखिएका छन् ।

रोजगार सेवा केन्द्रले सियारीका केहि स्कुलमा शुरु गरेको हरित बिद्यालय कार्यक्रम सहजीकरण तथा भवन संरचना व्यवस्थापन कार्यक्रमले बिद्यालयको मुहार नै फेरिएको छ भने कार्यक्रम शुरु गरिएका सार्वजनिक स्थान समेत सफा र सुन्दर देखिएका छन् ।रोजगार सेवा केन्द्रले पालिका भित्रमा रहेका रोजगारीको क्षेत्रमा रहेका अबसर तथा संभावनाको पहिचान गने उद्धेश्यले रोजगार संवाद मञ्च समेत सञ्चालन गरेको छ ।

रोजगार केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुलाई दक्षता र सिप अनुसार पालिका भित्रका नीजि, गैरसरकारी, सरकारी तथा आबश्यक क्षेत्रमा पहिचान गर्ने तथा समस्याहरुको निदान र रोजगारी श्रृजनाका नविनतम उपाए एंव ढाँचा तथा बिधिहरुको बिकास गर्ने उद्धेश्यले रोजगार संवाद मञ्च सञ्चालन गरिएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिनुभयो । 

उहाँले संघिय, प्रदेश र स्थानिय निकायबाट सञ्चालन हुने बिकास निर्माण सम्बन्धी कार्यक्रमहरु वीच समन्वय र सहकार्य गर्दै बेरोजगारीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि संवाद मञ्च सञ्चालन गरिएको बताउनुभयो । 

सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीका सम्भावनाको खोजी गर्दै बिरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने गरी काम गरिएको बताउनुभयो ।  सियारीमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेथरी बेलवास सडक खण्डको सुन्दरीकरण, बिभिन्न स्थानमा खानेपानीको पाईप लाईन बिस्तार, हरित बिद्यालय सुन्दरीकरण लगाएतका कार्यक्रम सञ्चालन छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update