Hamroprayas
स्थानीय वन उपभोक्ताको प्रयास 

बुटवल,बैशाख ४
डढेलोबाट आफ्नो वनलाई जोगाउन ,तिनाउ वडा नं. २, हाँपुरमा रहेको टुंडीखेल सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनमा निर्माण गरेका अग्निपथ तथा वन पदमार्गहरुमा सरसफाइ कार्य सोमवार सम्पन्न गरेको छ। 

उक्त समूहका उपभोक्ता एवम् सामुदायिक वन समन्वय समितिका सदस्य माया थापाका अनुसार वर्षेनी स्थानीय वन उपभोक्ताहरुले डढेलोबाट वन जोगाउन यस्तै सरसफाइका कामलाई निरन्तरता दिदै आएको बताउनु भयो । 

तल्लो क्षेत्रबाट डढेलो लाग्दै आउने भएको र आफ्नो वनलाई समेत क्षति पुग्ने भएकोले नयाँ अग्निरेखा बनाउने र सरसफाइ कार्यलाई तीब्रता दिदै आएको समूहका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनु भयो । केही दिनदेखि तिनाउमा मानवीय कारणले डढेलो लाग्दै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update