Hamroprayas
अग्रज पत्रकार कर्णबहादुर कार्की उपचार सहयोगका लागि आव्हान

बुटवल, चैत २५
नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा अग्रज पत्रकार कर्ण बहादुर कार्कीको उपचारका लागि सहयोग कोष स्थापना भएको छ ।

उक्त कोषमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ पत्रकार अधिवक्ता डा. बालकृष्ण चापागाईंले  पहिलो सुरुवातका रुपमा आइतबार महासंघ रुपन्देहीको कार्यालयमा अग्रज पत्रकार कार्कीको उपचारका लागि नगद रु ५ हजार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई हस्तान्तरण गर्नुभएको छ । 

सो अवसरमा डा. चापागाईंले यस क्षेत्रका अग्रज पत्रकार कर्णबहादुर कार्की गम्भीर बिरामी परेका कारण उपचारका लागि आर्थिक अभाव भएकाले उहाँलाई बचाउनका लागि आफूले पहिलो सुरुवातीको रुपमा उत्प्रेरित गरेको बताउँदै उहाँको उपचार सहयोगका लागि सुपरिचित एवं शुभेच्छुक सबैमा हार्दिक अनुरोध गर्नुभयो । 

त्यस्तैगरी महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बोल्दै  पत्रकार महासंघ रुपन्देहीद्वारा स्थापित कर्णबहादुर कार्की उपचार कोष’ मा  नगद रकम सहयोग गरी उपचार अभियानलाई शुभारम्भ एवम् उत्प्रेरित गर्नुभएकोमा डा. चापागाईंलाई हार्दिक धन्यवाद व्यक्त गर्दै महासंघ रुपन्देहीको तर्फबाट विभिन्न संघसंस्था, शुभेच्छुक महानुभावहरु, संघ, प्रदेश र स्थानीय तहका सरकारहरुसंग  पनि सहयोगको लागि आव्हान गर्नुभएको छ ।  उक्त उपचार कोषमा सहयोग रकम जम्मा गर्नेक्रमको सुरुवातसंगै विभिन्न ब्यक्तित्वहरु सहयोग गर्नका लागि इच्छुक देखिनु भएको छ ।   

कार्यक्रममा अग्रज पत्रकार नारायण सापकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष संजय सौगात, सहसचिवद्वय माया केसी र विरेन्द्र कुँवर, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष रुद्रहरि कुँवर, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देही उपाध्यक्ष उषाकिरण पन्थ लगायतका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update