Hamroprayas
हरेक ब्यक्तिले सिकेका सीपलाई आफ्नै टोलक्षेत्रमा प्रयोग गरे सचेतना बढ्ने विश्वास

बुटवल,चैत २५
उद्घोषण,भाषण कला तथा बैठक सञ्चालन सम्बन्धि तालिम आईतवारदेखि पाल्पा,माथागढी गाउँपालिका वडा नं.४,झडेवाको देउगिरमा सुरु भएको छ । तालिममा उद्घोषण कला,उद्घोषणको प्रकार,भाषण कलाका आधारभूत ज्ञान, सीप र प्रयोगका साथै बैठक सञ्चालन,माइन्यूट लेखन सम्बन्धि विषयवस्तुमा केन्द्रमा केन्द्रीत रहेर दलबहादुर गुरुङ,बेनप्रसाद थापा र रीमा सोमैेले सहजीकरण गर्नुभएको छ  ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा वडा सदस्य खुमन दिशा,वडा सचिव बेगम थापाले प्रभावकारी उद्घोषणले कार्यक्रम सुन्दर एवम् उत्तम हुने बताउनुभयो । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति समन्वय समिति, वडा नं.४ का अध्यक्ष बीरबहादुर राना र सञ्चालन सचिव लालबहादुर चिदीले गर्नुभएको थियो । 

माथागढी,वडा नं. ४ का वडा सदस्य हुमबहादुर सारुले कार्यक्रमको उद्घाटन गर्दै आफ्नो वडाभित्र रहेका १० टोलका जनजाति महिला र पुरुषलाई लक्षित गरि तालिम राखेको बताउँदै उनीहरुले सिकेका सीपलाई आफ्नै टोलक्षेत्रका प्रयोग गरिने सुनाउनुभयो । 

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन आदिवासी जनजाति समन्वय समिति,माथागढी–४,झडेवा र आर्थिक एवम् प्राविधिक व्यवस्थापन माथागढी वडा नं.४ झडेवाले गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update