Hamroprayas
बुटवलका युवा ठाकुरले गरे समृद्धी एकेडेमी उद्घाटन,  ३० लाख एकल लगानी

बुटवल,चैत २२
बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आउनुभएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । 

उहाँले  हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मानवीय संसाधन बिकासमा उपमहानगरले कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । 

उहाँले अहिलेको मन्दीको गरेको लगानीलाई बुटवलले जोगाउनको लागि आवश्यक सहकार्य गर्ने आश्वासन दिनुभयो ।
उहाँले अहिले शिक्षा मात्रै भएर रोजगारी नपाएको अवस्थामा यो पेसा सिकेमा देश तथा बिदेशमा रोजगारीको लागि सहजता  हुने भएकोले यस्ता क्षेत्रमा निजि क्षेत्रले लगानी गरेमा उपमहानगरले आवश्यक सहयोग गन बताउनुभयो ।
ठाकुरको  ३० लाख एकल लगानीमा उद्घाटन भएको एकेडेमीमा एकै पटक ४० जना सम्म सिकाउन सकिने सञ्चालक ठाकुरले बताउनुभयो ।

एकेडेमीमा प्रत्येक ५ जना जनशक्तिलाई रोजगारी दिएको बताउनुभयो । ठाकुरले आप्mनो व्यवसाय युवाहरुलाई नेपालमै स्वरोजगार बनाउन केन्द्रित रहेको बताउँदै समेसम्म बैदेशिक रोजगारी रोक्ने र नसके सिप सिकाएर दक्ष बनाउने उदेश्य रहेको बताउनुभयो । एकेडेमीमा २० हजार  देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेको बताउदै उनले नयाँ वर्षमा २० प्रतिशत छुटको ब्यवस्था रहेको बताउनुभयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष महेशमान श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, सौन्दर्य कला ब्यवसायी संघका रुपन्देहीका अध्यक्ष आसु गुरुङ,अग्रज ब्युटीसियन मिना प्रधान, पत्रकार पूजा पन्थी लगायतले बोल्दै स्वरोजगरामुलक पेसामा लगानी गरेको भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । 

समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम,बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update