Hamroprayas
पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा खरेल समूहको प्यानलै विजयी

बुटवल,चैत १८
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी हुनुभएको हो । 

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्रीले १३३१, नारायण प्रसाद भण्डारीले १२५१, नारायण प्रसाद घिमिरेले १२६३, गोपाल बहादुर पौडेलले १३८६, चेत नारायण बेल्वासले (गोली नारायण) १३२६, रामचन्द्र भुसालले १४६७, सुरेन्द्र श्रेष्ठले १३८४, मोहन पिएसले १४४० र जीवन कुमार बन्जाडले १३४७ मतसहित विजयी भएका हुन् ।

बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाको प्यानल पराजित भएको हो । उहाँले ६५९ मत मात्रै प्राप्त गर्नुभएको थियो । 

समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध हुनुभएको थियो ।रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मतसहित विजयी भए भो रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत,  १० मा युवराज नेपाल ७०, ११ मा सुर्यप्रकाश ढुङगाना ६४ मत, रुटनम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट १३ मा टेकराज भट्टराई (रामु) ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update