Hamroprayas
युवा मानव अधिकार रक्षक लक्षित समिष्टगत सुरक्षा पुर्नताजगी तालिम बुटवलमा शुरु 

बुटवल ,चैत १४
लुम्बिनी प्रदेशका युवा मानव अधिकार रक्षक लक्षित समिष्टगत सुरक्षा तालिमको पुर्नताजगी तालिम बुटवलमा आज बुधबार बाट शुरु भएको छ । दुईदिन सम्म चल्ने तालिम महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त रूपमा आयोजना गरेको हो । 

तालिमको बिषय बस्तुमाथि प्रकास पार्दै एसिया फोरमका निरज लामाले युवाहरुको सोच र काम बाटै देशमा आमुल परिवर्तन गर्न सकिने बताउनुभयो । मानव अधिकारका दृष्टिकोणबाट अहिलेको समाजमा देदिएका चुनौति समाधान र राज्यको दायित्वलाई युवाहरुले घच्घच्याउन सक्ने बिश्वास ब्यक्तm गर्नुभयो ।  

तालिमको पहिलो दिन राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले, मानव अधिकारको अहिलेको अवस्था , नीतिगत अभ्यास, कामगर्दैजाने क्रममा आउनसक्ने चुनौती, मानवअधिकार कर्मीकालागी आउन सक्ने ब्यक्तीगत ,संस्थागत, सामुदायिक ,समाजिक,आर्थिक ,सास्कृतिक ,जातिय बिभेद लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो । 

ओरेकका कार्यक्रम संयोजक सुलोचना खनालले विशेष गरी समिष्टगत सुरक्षा तालिम युवा मानव अधिकार रक्षकहरुको सुरक्षाको लागि सञ्चालन गरिएको बताउनुभयो ।यस्ता बिषयमा पुर्नताजगी गर्नसके कामगर्न सहजहुने उदेश्यले दोस्रो पटक उही सहभागीहरुको साथमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । खनालले अनुसार यस्ता खालका तालिमले युवा मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि र आपसी सम्बन्ध विस्तारका लागि सहयोग गर्ने अपेक्षा गर्नुभयो ।

भोलि तालिमको दोस्रोदिन बिभिन्न बिषयका बिज्ञले तालिमको सहजिकरण गर्नुहुनेछ । तालिममा लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षकहरुको सहभागीता रहेको छ ।


 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update