Hamroprayas
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

बुटवल,चैत १३

नेकपा (एमाले) का उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेल मंगलबार (आज) चीन प्रस्थान गर्नुभएको छ । 

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँँको सचिवालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गईसक्नुभएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update