Hamroprayas
सन्दर्भ ६७ ओैं राष्ट्रिय सहकारी दिवस :  अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल, चैत १३
६७ ओैं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय  सहकारी संस्था लि.तिलोत्तमा–१० वेवरीले आफ्ना सञ्चालक समिति,लेखा समिति, उपसमितिहरु,एकाई समितिका संयोजकहरुका लागि “सहकारी सञ्चालन तथा व्यवस्थापन,क्षमता तथा सदस्यता अभिवृद्धि“ तालिम मणिग्राममा मंगलवार सम्पन्न भयो ।    

तालिममा सहकारी अभियन्ता दलबहादुर गुरुङले “सहकारी सञ्चालन तथा व्यवस्थापन,क्षमता तथा सदस्यता अभिवृद्धि“  विषयमा सहजीकरण गर्नुभएको थियो ।तालिममा सहभागीहरुबाट निर्मला जीसी,अनिता सारु,जमुना बरालले तालिम फलदायी एवम् प्रभावकारी रहेको बताउनु भयो ।

सहकारीका अध्यक्ष सीता न्यौपाने, उपाध्यायले आफ्नो सहकारीले समिति,उपसमिति,एकाई संयोजकहरुलाई क्षमता अभिवृद्धि गर्नका लागि सालिन्दा यस्तो तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । वर्तमानमा सहकारीहरुमा देखिएका जटिलताहरुलाई पहिचान र समाधान गर्न यस्ता तालिम प्रभावकारी  हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update