Hamroprayas
 कृषि विकास बैकको आयोजनामा ब्यवसाय प्रवर्द्धन अन्तरक्रिया 

बुटवल,चैत १२
कृषि विकास बैंकले कृषिमा मात्रै लगानी गर्छ भन्ने भ्रम चिर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले कृषि विकास बैंकलाई सुझाव दिएका छन् । 

अहिलेको प्रतिष्पर्धी बजारमा आफ्नो बजारलाई सबै क्षेत्रमा समेट्न सके बैंकप्रति नागरिकको विश्वास अझै बढ्ने उनीहरको भनाई छ । कृषि विकास बैंकलाई आम मानिसले आफ्नो बैंकको रुपमा चिन्ने हुंदा नागरिकमैत्री कार्यक्रममा जोड दिन अनुरोध गरे । 

कृषि बिकास बैंक लि. प्रदेश कार्यालय भैरहवाको आयोजनामा शनिवार आयोजना गरिएको ब्यवसाय प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रशस्त बजार सम्भावना बोकेको बैंकले यस्ता कार्यक्रम गरेर उद्योगी व्यवसायी माझ आफूलाई अझ अब्बल बैंक सावित गरेको बताएका थिए ।उद्योगी व्यबसायीहरुले बैंकले पछिल्लो समय आफ्ना क्रियाकलाप र कर्मचारीहरुलाई चुस्त बनाउंदै लगेको बताएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघ अध्यक्ष कृष्ण प्रसाद शर्मा नेपालले लुम्विनी प्रदेश बैंकले अन्य प्रतिष्पर्धी बैंकहरुले मन्दीको समयमा आफ्ना ग्राहकहरुलाई निकै दवावमा पारेको  बताउनुभयो । शर्माले  बैंकबाट विभिन्न कारणले पलायन भएका ग्राहकरुलाई फर्काउने अभियान चलाउन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिीनी प्रदेश महासचिव जे.पी कंडेलले कृषि विकास बैंकले आफूलाई अझै परिमार्जित गर्दै बजारमा आफूलाई चिनाउन जरुरी रहेको बताउनुभयो ।होटल एसोसियसन नेपालका केन्द्रीय सदस्य तथा सानका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले कृषि विकास बैंकले पर्यटन क्षेत्रमा समेत आफ्नो व्यवसायलाई वृद्धी गर्नुपर्ने सुझाव दिनुभयो । 

उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरि प्रसाद अर्यालले कृषि क्षेत्रको लगानीमा अग्रणी भुमिका रहेको यस कृषि विकास बैंकलाई कृषि उत्पादकत्व बढाउन तफमात्रै केन्द्रित गर्न राज्यले पनि सोंच्नुपर्ने विचार व्यक्त गर्नुभयो । उद्योग बाणिज्य संघ सिद्धार्थनगर अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बैंकको नामै काफी भएको हुंदा परम्परागत कार्यशैलीबाट अझै माथि उठ्न सकेमा बैंकसंग प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देही अध्यक्ष मन्जु भुसालले बैंकले निर्माण व्यबसायीको माझमा लोकप्रिय भएको भएपनि अझैपनि आफूलाई निर्खादै सौलियत र सरल नितिमा आभारित रहेका कार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको उदेश्य र औचित्यका बारेमा कृषि विकास बैंक लि. प्रदेश कार्यालय भैरहवाका निर्देशक नारायाण प्रसाद आचार्यले प्रकाश पार्नुभएको थियो ।  

कार्यक्रममा कृषि विकास बैंक लि.को संक्षीप्त परिचय विभागीय प्रमुख मार्केटींग तथा सेल्स विभागका बीना शर्माले, कर्जा सुविधा सम्बन्धी विभागीय प्रमुख कर्जा तथा टे«ड फाईन्स विभागका सुदिप कुमार दाहाल, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुंङ लगायतले बैंकले दिने बिभिन्न सेवा सुविधाका बिषयमा जानकारी गराउनुभएको थियो। 

कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षता , भैरहवाका बरिष्ठ शाखा प्रमुख सीमा बनको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृषि विकास बैंक लि. प्रदेश कार्यालय भैरहवाका बरिष्ठ शाखा प्रमुख पिताम्बर गौतम , शाखा प्रमुखहरु यादवप्रसाद भट्राई, यम प्रसाद आचार्य , शाखा भैरहवाका प्रबन्धक विनोद के.सी, शाखा सिद्धार्थनगरका नभराज कार्की, शाखा खस्यौलीका प्रबन्धक अर्जुन खनाल, शाखा बुटवलका प्रबन्धक बाबुराम खत्रीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य  संघ,उद्योग परिसंघ ,नेपाल ब्यापार संगठन, चेम्बर अफ कमर्स,सिद्धार्थनगर ,तिलोत्तमा, बुटबल लयागत बिभिन्न उद्योग व्यवसायमा आवद्ध उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो । 


   

 


 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update