Hamroprayas
 आज तराईमा क्षेत्रमा होली मनाईदै

बुटवल,चैत १२
तराईमा आज धुमधामसंग होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा हिजो होली मनाएको थीयो भने आज तराई–मधेशमा होली पर्व मनाईदैछ ।

त्रेतायुगमा हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।

होलीकै अवसरमा आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । फागु पुर्णिमाका अवसरमा तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको हो । 

अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने नियमलाई कडाइका साथ पालना गरिने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालका अनुसार होली मर्यादित बनाउन देशभरमा २९ हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update