Hamroprayas
लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र

बुटवल,चैत ११
लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ र ३० गते अधिवेशन गर्दैछ । बर्दियामा जेठ १४ र १५ गते अधिवेशनको मिति तोकिएको छ भने बाँकेमा जेठ २ र ३ गते मिति तोकिएको छ ।

अन्य जिल्लामा पनि निर्वाचन मिति तोक्ने तयारी भैरहेको छ । प्रदेश कमिटीको चैत १४ गते बस्ने बैठकमा धेरै जिल्लाका अध्यक्षहरूसँग समन्वयन गरेर मिति तोकिने प्रदेश अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशन आफ्नो अनुकूलमा हुने भएपनि प्रदेशले समन्वयन गर्ने र सकभर एक जिल्लासँग अर्को मिति नजुधाउने गरी लैजाने तयारी भएको उहाँले बताउनुभयो । अधिवेशन सम्पन्न भैसकेको रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी हुनुभएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update