Hamroprayas
वनको सबैमिलेर संरक्षण गरौं : सभामुख घर्ती 

पाल्पा ,चैत ७
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वनको सबैमिलेर संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले पाल्पाको तिनाउ गाउपालिकामा रहेका वनहरुको संरक्षणका लागी स्थानिय नागरिकको बिशेष भूमिका हुने बताउनुभयो । डढेको नियन्त्रणका लागी सरकारले तोकेका मापदण्ड पालना गर्न सभामुख घर्तीको अनुरोध छ । 

बुधबार पाल्पाको तिनाउ पालिका अर्घाछापमा आयोजना गरिएको सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पा र डिभिजन वन कार्यालय पाल्पाको संयुतm आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धि वृहत आमसभा एवं वनसंग सेलिब्रेटी कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले सो कुरा बताउनुभएको हो । 

उहाँले जलाधार संरक्षण ऐन बनाउने तयारीमा रहेको समेत जानकारी दिनुभयो । प्रदेश सरकारले संघिय कानुन संग नबाझिने गरि वनको संरक्षणलाई सहयोग पुग्ने र आम उपभोतmालाई सहज हुनेगरि कानुन बनाउन आफुले सक्दो पहल गर्ने उहाँको भनाई थियो । तिनाउले वन संरक्षण गर्यो भने बुटवलले पानी पाउँछ,घर्तीले भन्नुभयो,तिनाउ संगजोडेर दुईवटा केबलकार निर्माण हुनु ,यहाँ वनजंगलको क्षेत्रफल धेरै हुनुले पनि तिनाउको विकासले गति लिएको छ  । 

कार्यक्रममा तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले हरेक बर्ष तिनाउमा डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम हुनेगरे पनि डढेलो नियन्त्रणमा चुनौति रहेको बताउनुभयो । वन संरक्षणगर्नु पालिकाका हरेक नागरिकको दायित्व भएको बताउदै श्रेष्ठले धेरै तिनाउ जल, जमिन, जंगलले भरिपुर्ण रहेको पालिका भएकाले पनि लुम्बिनी प्रदेशमै प्रसिद्ध रहेको उल्लेख गर्नुभयो । 

वन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका वन निर्देशनालय बुटवलका निर्देशक दधिलाल कंडेलले  नियन्त्रण भन्दा बाहिर जाने गरि लाग्ने डढेलोले बन जंगल , जंगली जनावर र मानविय क्षति समेत हुने भएकाले सचेत रहन र वनका नियम पालना गर्न अनुरोध गर्नुभयो । 

जिल्ला वन  समन्वय समिति पाल्पा तिनाउका अध्यक्ष दलबहादुर गुरुङले नागरिकमा सचेतना फैलाउने उदेश्यले हरेक बर्ष यस्ता सचेतनामूलका कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तिनाउ वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण बाहिर जादा ठुलोजनधनको क्षति भएकोले आगामी दिनमा थप सचेतना फैलाउने उदेश्यले बृहत आमसभाको आयोजना गरेको बताउनुभयो ।  


कार्यक्रममा वन उपभोक्ता महासंघ,तिनाउका अध्यक्ष गोबिन्द पाण्डेय,सामदायिक वन समन्वय समितिका सल्लाहकार राजेश श्रेष्ठ,तिनाउ गापाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत,गापा उपाध्यक्ष लालबहादुर थापा, डिभिजन वन कार्यालय ,पाल्पाका डिभिजनल वन अधिकृत नारायणदेव भट्टराई लगायलते बोल्दै वनमा जादा अनावश्यक सलाई लाईटर जस्ता प्रज्वलनशिल बस्तु नलैजान, कतै डढेलो लागेको थाहा पाएमा तुरुन्तै नजिकैको प्रहरी कार्यलय ,स्थानिय पालिकाका सम्बन्धित संयन्त्रलाई खबर गर्न अनुरोध गरेका थिए ।  

वन सम्बन्धी सचेतना फैलाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी, रुपेश कार्की, मन्जु भट्टराई, नृत्यङ्गना मनिषा बस्याल नेपालीले आ आप्mनो प्रस्तुति मार्फत आम उपभोक्तालाई गित मार्फत प्रस्तुति दिदै सचेत गराएका थिए ।  

कार्यक्रम सामुदायिक वन समन्वय समिति तिनाउका उपाध्यक्ष प्रेम पाण्डेयको स्वागत तथा सचिव दिनेश जीसीको सञ्चालन भएको थियो । कार्यक्रममा समन्वय समिति अन्तरगत तिनाउमा रहेका ८३ वटा सामुदायिक वनका प्रतिनिधि तथा उपभोक्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update