Hamroprayas
रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रसंसनीय खोज प्रशिक्षक प्रशिक्षण

बुटवल,चैत ५
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आगामी चैत्र २४ देखी २७ गते, २०८० रुपान्तरणकारी योजना तर्जुमाको लागि प्रसंसनीय खोज प्रशिक्षक प्रशिक्षणको (Appreciative Inquiry Training of Trainers  for Transformative Planning) को अन्तराष्टिय स्तरको प्रोफेशनल तालिम  आयोजना गरेकोछ  ।

व्यक्ति, संघ संस्थाहरु र समाजको सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्यहरु  गर्दै आइरहेको  ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स)ले  देशै भरी दिगो र सकारात्मक रुपान्तरण गर्न हाल प्रयोगमा भईरहेको समस्या सामाधान विधीमा आधारीत योजना तर्जुमा पद्धतीमा आमुल रुपान्तरण गरी प्रसंसनीय खोजमा आधारीत रुपान्तरणकारी योजना तर्जुमा मार्फत देशको आमुल रुपान्तरणको मार्ग चित्र कोर्ने आधार तयार गर्न  दक्ष र सकारात्मक जनशक्ति विकास गर्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरेको हो ।

संघ, प्रदेश र ७५३ स्थानीय सरकार तथा देशै भरीका सरकारी, गैरसरकारी तथा निजी एवम् व्यापारीक संघ संस्थाहरुले प्रसंसनीय खोज विधीमा आधारीत भएर योजना तर्जुमा पद्धती अपनाएमा सबै संघ संस्थाहरुले देशको सकारात्मक रुपान्तरणमा अमुल्य योगदान दिन सक्नेछन । 

प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा रहेका सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी हो । यसले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने गरी आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवाहारीक र प्रणालीगत विधी हो ।

यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमल्इिरहको जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरु फक्रिने अवसर पाउँदछन र तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउदछन ।

यस तालिममा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएकोले यो तालिम सैद्धान्तिक तथा ब्यबहारिक दुबै हुनेछ । यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी डोर्याउन सकिन्छ र दिगो र सकारात्मक परिवर्तनको लागि कसरी नेतृत्व गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान  एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन । 

४ दिन सम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधीका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षकहरु द्धय  श्री बुद्धि तमांग र डा. राम चन्द्र लामिछाने सहितका विज्ञहरुले समेत गर्नु हुनेछ ।

सरककारी, गैरसरकारी, निजी तथा व्यवसायिक संस्था, वित्तिय, शैक्षिक एवम् स्वास्थ्य तथा पर्यटन संस्थाहरुको योजना तर्जुमा प्रकृयमा नेतृत्वदायी भुमिका खेलिरहनु भएका वा योजना तर्जुमाको लागि सहजकर्ताको रुपमा कार्य गरिरहनु भएका वा सहजकर्ताको रुपमा करियर बनाउन चाहनेहरुलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको कुरा ईरिप्सका कार्यक्रम निर्देशक विलिय रिवाजले जानकारी दिनुभएकोछ ।


 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update