Hamroprayas
चन्द्रमायाकाे अठाेट ! 

बुटवल,चैत ४

जीवन पुन, दाङबाट चितवन खैरहनी नगरपालिका वडा नं.३,धुसरीकाे ग्रामीण पुनर्निर्माण-नेपालकाे कार्यालयमा पूर्ण प्रस्ताव लेखन तालिमका लागि आईपुगेका छन् ।

तालिमकाे दाेस्राे दिन तालिम समापनपछि उनी साँझकाे ६ वजेतिर कार्यालयकाे गेटतिर लम्किए । गेटमा भेट भईन् फुल्कीवाली दिदी। माईती खैरहनीतिरै । घर दाेलखा रहेछ उनै दिदीकाे । तीन छाेरीकी आमा चन्द्रमाया मैनालीले फुल्की बेच्न थालेकी तीन वर्ष पुगेछ । जेठी र माईली छाेरीहरुलाई पालनपाेषण,शिक्षादीक्षा र पढाईलेखाईपछि ज्वाईहरुका साथ लगाएर पठाई सकेकी रहेछिन् । जीवनले नगद पचास रुपैयाँ तिरेर एक प्लेट पानीपुरी( फुल्की,भारतमा गाेलगप्पा समेत भनिदाेरहेछ ।

साथीहरुसँग बाँडेर खाए । चन्द्रमायाकाे कला,सीप र श्रम मिसिएकाे फुल्की खाएपछि ट्वाक्क जिभ्राे पड्काउँदै जीवनले भने- दाङकाे फुल्की र यहाँकाे फुल्की स्वादमा उस्तै रहेछ । मीठाे रहेछ । दिदीकाे कलामा खाेट लाउने ठाउँ नै छैन । फुल्की, एकप्लेट माग्दा १२ थान पाइँदाे रहेछ । साे फुल्कीभित्र मटर,चाउचाउ र पिराे मसलेदार झाेल राखेर दिईनेरहेछ ।

जिभ्राेमा ट्वाक्क स्वाद मिल्ने रहेछ । चन्द्रमायाले ठेलामा फुल्कीसँगै चट्पटे,चाट,चाउमिन, बिस्कुट,चक्लेट, कुर्कुरे समेत बेच्दा रहेछन् । दिनमा केही बिक्री भएन भन्दापनि हजार,बाह्र सय हात पर्छ । कहिलेकाही त पुगनपुग दुई हजारकाे बिक्री समेत हुने गरेकाे चन्द्रमायाले सुनाइँन् । चन्द्रमायाकी कान्छी छाेरीले १२ पास गरिन् । कर कार्यालय,टाँडीतिर काम गर्छिन् । आफ्नाे खुट्टामा आफै उभिएर उच्चशिक्षा प्राप्तिकाे यात्रामा छिन् । चन्द्रमाया विहान खाईवरी आफ्नाे कर्मथलाेमा आईपुग्छिन् ।

उनलाई ठेलामा पालाे दिने काेही छैनन् । ग्राहकलाई नै कुर्न लगाएर शाैचालय पुग्छिन् । उनका श्रीमान् टीकारामले स्थानीय बाेर्डिङ्ग स्कूलमा आफ्नाे क्षमता अनुसारका काम गर्छन् । "घरका तीनैजना तीनतिर आ-आफ्ना काममा दाैडिएका छाैं । झगडा पनि हुँदैन । कचकच हुने कुरै छैन । कमाइ पनि छ । " चन्द्रमायाले भनिन्-खास गरि याे व्यवसाय हाम्रातिरकाले गर्ने चलन नभए नि हाेटल सञ्चालनमा सिकेकी हुनाले जाती नै छ । चन्द्रमायाले सक्दाे समयसम्म यही व्यवसायलाई अपनाउने अठाेट गरेकी छिन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update