Hamroprayas
बुटवल १५ ले गरायो ६५ जेष्ठ नागरिकलाई तिर्थाटन

बुटवल,चैत ४
सधै बिभिन्न बिद्यालय, क्लब ,साथिभाई मिलेर समुहमा घुमघाम गरेको तपाईहरुले देख्नुभएकै थियो होला वा सुन्नुभएको थियो ।

दैनिक औषधि सेवन गर्ने त्योपनि उमेर कटेका ज्येष्ठ सदस्यसंगको घुमघाम गर्न प्राय मानिसहरु हिडेको देखिदैन तर बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा बसोबास गर्ने वडाभित्र रहेका जेष्ठ नागरिकहरुलाई भने वडाले तिर्थाटन गराएको छ ।

जेष्ठ नागरिकहरुलाई आफ्नो परिवार सरह ठानेर वडाको अपनत्व दिलाउन पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी धाम र पाल्पाको रानीमहल क्षेत्रको तिर्थयात्रा गराएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १५ का वडा अध्यक्ष शिब रानाका अनुसार ६५ जना जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराइएको हो । जसमा ३५ जना महिला र३० जना पुरुष रहेका थिए।  तिर्थाटनमा ६० बर्ष भन्दा माथिका सहभागी भएका हुन् सबैभन्दा बढी उमेर ७८ बर्षसम्मका जेष्ठ नागरिक सहभागी भएका थिए । 

अहिलेको सुन्दर समाज जेष्ठ नागरिकहरुको पसिना र मिहिनेतको देन भएको भन्दै उहाँले नयाँ पुस्ता उहाँहरुको अनुभव र कामका लागी सधै आभारी रहने बताउनुभयो । तिर्थ यात्राको क्रममा जेष्ठ नागरिकहरु पहाडी मनोरम दृष्य, ऐतिहासिक र धार्मिक सम्पदाको चाखपुर्वक अवलोकन संगै एक अर्कोको विचमा सद्भाव बढ्ने वातावरण सृजना भएको उहाँले बताउनुभयो । वडाले यसरी तिर्थस्थल घुमाएपछि ज्येष्ठ नागरिकहरुले खुशी ब्यक्तm गरेका छन् । 

तिर्थ यात्रामा वडा नम्बर १५ का वडा अध्यक्ष शिव राना सहित अन्य जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको वडा सदस्य रमा पौडेल पराजुलीले जानकारी दिनुभयो । गतबर्ष वडाले नवलपरासी जिल्लाको त्रिवेणी थाम तिर्थ यात्रा गराएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update