Hamroprayas
चितवनको धुसरीमा पूर्ण प्रस्ताव लेखन गोष्ठी  

बुटवल,चैत ४
लुम्बिनी प्रदेशबाट पहिलो चरणको प्रतिस्पर्धाबाट छनौटमा परेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुका लागि आयोजित तीन दिवसीय पूर्ण प्रस्ताव लेखन शनिवारदेखि चितवनको धुसरीमा गोष्ठी  सुरु भएको छ ।

गोष्ठीको दोस्रो दिन डाक्टर निर्मलकुमार विश्वकर्माले आयआर्जन, स्वरोजगार एवम् व्यवसायका बीच समानता र भिन्नताका साथै व्यवसायिक योजना, उत्पादन र प्रशोधन,मार्केटिङ्ग योजना, व्यवस्थापन योजनाका बारेमा सहजीकरण गर्नुभएको थियो। 

उहाँले व्यवसाय र कृषि वनमा आधारित साना तथा मझौला उद्यमको आधारभूत अवधारणाका बारेमा विस्तृत जानकारी गराउँदै उत्पादन एवम् सेवामूलक प्रस्तावनामा जोड दिन अनुरोध गर्नुभएको छ । 

डीजीएम परियोजनाद्वारा आयोजित उक्त प्रस्ताव लेखन कार्यक्रम र  प्रतिस्पर्धाबाट दोस्रो चरणमा  छनौटमा पर्ने संस्थालाई करिव ६० लाखसम्मको परियोजना दिईने डीजीएम परियोजनाका डा. सुरेश तामाङले बताउनुभयो ।आईतवार दिनभर सहभागीहरुले आफ्ना नमूना व्यवसाय योजना तयार गरि प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update