Hamroprayas
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र पोखरेल निर्वाचित

बुटवल,फागुन २९
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । संघको मंगलबार सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल , द्धितिय उपाध्यक्षमा गोपाल कुमार प्रधान,महासचिवमा दधिराम ज्ञवाली,कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिव यमलाल बेल्वासे ,सहसचिवमा कुलचन्द्र गौतम, सह कोषाध्यक्षमा ईश्वर कुमार नेवार श्रेष्ठ चयनहुनुभएको छ । 

त्यस्तै सदस्यहरुमा लक्ष्मी न्यौपाने, विमला गुप्ता, पुष्पा पोखरेल, राजकुमार श्रेष्ठ ,छबी रास्कोटी, बिष्णु प्र.अधिकारी, हुमनाथ पोखरेल, बुद्दीसागर पान्डे, दिपक काफ्ले ,रमेश ज्ञवाली रहनुभएको छ । २४ सदस्यीय समिति रहेको संघमा बाँकी सदस्यहरुलाई पछि मनोनित गरिने संघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष गोपाल कुमार प्रधानले जानकारी दिनुभयो । 

नव निर्वाचित अध्यक्ष पोखरेलले आफुलाई सर्बसम्मत निर्वाचित गराएर नेतृत्व हस्तान्तरण गरेकोमा सम्पुर्ण संघ परिवारलाई धन्यवाद दिदै खुद्रा किराना व्यवसायीको हकहितमा रहेर काम गर्ने बताउनुभयो ।        

कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष मोहन प्रसाद बस्यालको प्रतिवेदन तथा सचिव दधिराम ज्ञवालीको सचिवको प्रतिबेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक बिकास राज पौडेलको लेखा समिती प्रतिबेदन पारित भएको थियो। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update