Hamroprayas
लोक दाहोरी प्रतिष्ठान द्धारा निलकण्ठ धाममा सहयोग प्रदान

बुटवल,फागुन २९  
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले निलकण्ठ धाममा खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २३ औ स्थापना दिवशको अबसर पारेर सहयोग गरेको हो । दिपनगरमा रहेको सो धाममा रहेका बटुक तथा आगन्तुक भक्तजनलाई आवश्यक पर्ने दाल ,चामल, चिनी लगायतका खाद्यान्न प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव डल्लीनारायण पाण्डेले जुनसुकै सहयोगका माध्यमबाट पनी पुण्य प्राप्त हुने भएकाले लोक दोहोरी प्रतिष्ठानले गरेको सहयोगको प्रशंसा गर्नुभयो । 

धाम सञ्चालनमा यस्ता खालका सहयोगले सहज हुने बताउदै मन बचन र कर्मले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा धामका सह अध्यक्ष चुरामणी पौडेल, महासचिव भिम प्रसाद भुर्तेल, लुिम्बनी खेलकुद बिकास समितीका सदस्य सचिव जय प्रकाश भट्टराईले बोल्दै मानविय सहायताका लागी एकले अर्कालाई सहयोग गर्न आवश्यक रहेको र यसका माध्यमबाट आपसी भाईचाराको बिकास हुने बताउनुभयो ।

कार्यक्रम बरिष्ठ उपाध्यक्ष रितु थापाको स्वागत सचिव बिधान कार्कीको सञ्चालन तथा लोक दाहोरी प्रष्तिठान रुपन्देहीका अध्यक्ष बिजय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update